प्रवासको ज्ञान र अनुभव सहित लाखौँ युवाहरुलाई मातृभूमिमा स्वागत गर्न तनहुलाई मिलेको स्वर्णिम अवसर

डा. जगन कार्की २०८० वैशाख ५ गते २१:१६ मा प्रकाशित

डा. जगन कार्की

बिश्व बैंक , संयुक्त रास्ट्र संघका जागीर, अमेरिकाको बसाई त्यागेर मातृभूमिको लागी केही गर्ने हुटहुटी बोकेका स्वर्णिम राजनीतिमा आउनु देशमा बिध्यमान राजनीतिक पात्र र प्रब्रितीलाई सुधारेर असल मार्गमा लैजाने एक अवसर हो ।

उनी जस्तो बिज्ञता बोकेका लाखौं प्रवासी स्वर्णिम हरुलाई नेपाल फ़र्क़िन प्रोत्साहन गर्ने अवसर तनहुले पाएको छ । नेपालमा केही हुन्न, गरी खाने वारवरण छैन , गर्नेलाई अवसर छैन भन्ने भास्य निर्माण संगै दैनिक २५०० को संख्यामा हातमा पासपोर्ट बोकेर देश छोडेर हिड़ीरहेको तप्कालाई सोच्न बाध्य बनाउने छ । यस अघिको निर्वाचनले विदेशको अनुभव लिएर फर्किएका रवि लामिछाने , हर्क साम्पाङ्ग , पुर्व शिक्षा मन्त्रि शिशिर खनाल लगायतका व्यक्तिहरुलाई जनताले सहज रुपमा स्वागत गरेर प्रसस्त युवाहरुलाई आकर्षण गर्न सफल भएको छ । यो क्रमको निरन्तरता दिने अवसर तनहुलाई मिलेको छ ।

गोरखाको बिकट गाउँमा जन्मिएर , रास्ट्रिय योजना आयोग हुँदै देशका यथार्थ समस्या अनुभूत गरेका , रास्ट्रिय, अन्तरास्ट्रीय बिकासका अवयवहरू बुझेका , आर्थिक क्षेत्रको अनुभव हासिल गरेका ब्यक्ति हुन वाग्ले ज। उनलाई निर्वाचित गरेर जिल्लाको मात्र हैन तनहुबाट रास्ट्र बिकासको योजनालाई अघि बढ़ाउने स्वर्णिम अवसर पाएको छ साथै बिश्वले चिनेका अर्थशास्त्रीको राजनीतिमा प्रोत्साहनको पहल हेरीरहेको अन्तरास्ट्रिय जगत पनि तनहुका जनताको उच्च चेतनाको स्तर हेरेर चकित हुनेछ ।

अन्तरास्ट्रिय जगतमा प्रखर अर्थशास्त्रीको पहिचान बनाएका अर्थशास्त्रका ज्ञाता तथा स्वच्छ छबि भएका डा. वाग्ले २०४६ सालको एस एल सि मा बोर्ड सेकेन्ड भएका थिए । उनले विश्वबिख्यात लण्डन स्कुल अफ इकोनोमिक्स , सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ रहेका वाग्लेले अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । यस्तै अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्। उनले विश्व बैकको मुख्यालय वासिङ्टन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए। राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेशकको रुपमा काम गरेको अनुभव छ। उनको दर्जनभन्दा बढी अर्थशास्त्र सम्बन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । संयुक्त राष्ट्र संघ , बिश्व बैंक अमेरिकी अवसर त्यागेर नेपाल फ़र्क़िएका स्वर्णिम वाग्ले मातृभूमिको लागी केही गर्ने हुटहुटीले नेपाल फर्किए । रास्ट्रिय योजना आयोगको सदस्य देखी उपाध्यक्ष सम्म बनेर देशको अर्थतंत्रको अध्ययन गर्ने अवसर पाए ।

उनले आफ्नो र परिवारको मात्र सोच्ने हो भने अमेरिका , यूरोप या बिश्वका जुनसुकै देशमा सजीलै जागीर खाएर नेपालको तूलनामा सयौं गुणा बढ़ी तलव तथा सुविधा लिएर जीवन गुजारा गर्न सक्छन ।

अधिकाम्स प्रवासीको आकर्षण खिचीरहेको रास्वपा

प्रवासबाट मातृभूमिमा केही गर्ने प्रण गरेर स्वदेश फ़र्क़िएका रवि र स्वर्णिम प्रति राजनीतिक दलका ज़िम्मेवार नेता, राज्य प्रणालीले देखाई रहेको रवैयाले प्रवासीहरुको जनमत रास्वपा तिर गएको देखिन्छ । पासपोर्ट , नागरिकता सम्बन्धी प्राविधिक त्रुटिलाई उछालेर दैनिक रूपमा लिएको हुर्मतसंग लाखौं प्रवासीहरुको ब्यथा जोडीएको छ ।

यो संगै तिमि त बिदेशमा पढ़ेको , जागीर खाएको मैले नेपालमा ढुंगा हानेको भनी गगन थापा जस्ता बिस्वास र भरोसा गरिएका नेताले प्रवासीको मर्म र भावनामा प्रहार गरेपछि रास्वपालाई स्थापित गर्न प्रवासीहरुमा लहर छाएको देखिन्छ । ढूँगा मूढ़ा देखी ७ पटक प्रम बन्ने , भागबन्डा गरेर मिलेर खाने बाहेक हालको अवस्था गरीव , निमुखा, किसान , शोसीत उत्पीड़ितका लागी कुन अर्थमा अनुकूल छ ?

जसले लेखेको घोषणा पत्रले पार्टी देशको ठूलो बन्यो उहि खत्तम ? श्रीलंका , बांगलादेश देखी अफ़्रीकाका देशहरुले नेपाली बिज्ञको रूपमा बिश्वले सल्लाह लिने स्वर्णिम गगन थापाका अघि परदेशी कसरी बने ? यि प्रश्न हरुले कांग्रेस पार्टीको युवा पुस्तामा पनि बैचारिक धरातल स्खलन हुदै गएको स्पष्ट देखिन्छ ।

प्रवासीको घण्टी प्रतिको आकर्षण प्रवासीको संबिधान प्रदत्त दोहरो नागरिकता रोकेर राखेका पुराना राजनीतिक दलहरुको प्रवासी प्रति अनुदार रवैया अर्को मुख्य कारक हो । रविलाई संसद, मंत्री पदबाट रातारात च्युत गरीए सगै प्रवासीको मनमा पलाएको त्रास अब पुराना दलको आस्वासनबाट मात्र हट्ने छैन।

स्वदेशमा गरीखान नदिने, बिदेशिन बाध्य पारने अनी प्रवासीलाई नजरअन्दाज गर्ने ?

जनगणनाले २१ लाख देखाएपनि हरेक घरको आर्थिक स्रोत बनेको बैदेशीक रोजगार र घरको मतदानलाई प्रत्यक्ष प्रभाव पारने घरको प्रवासी सदस्यले फोन गरेर घण्टी बजाउन अनुरोध गर्ने लहर चलाउन मलजल गर्ने दलहरुका कार्यशैली बेलैमा नसच्चीए आगामी निर्वाचन सम्म ठुलो क्षति हुने देखिन्छ ।

संबिधानले स्वीकारेको दोहरो नागरिकता लिनू अपराध हो भन्ने भाष्य सृजना गरेर मातृभूमिमा ब्यापार, ब्यवसाय र सम्पत्ति राख्न पनि नकारात्मक वातावरण सृजना गरिएको छ ।

यो संगै यसको प्रत्यक्ष मार खेपेका रवि लामिछाने र स्वर्णिम वाग्ले हरुले नेतृत्व गरेको पार्टीप्रति प्रवासीहरुको आकर्षण बढ़नू स्वभाविक हो ।

रेमिटांस मार्फ़त १० बर्षे जयुद्ध देखी , भूकम्प अनि कोरोना पछिको आर्थिकमार बाट पनि त्राण दिएर देशलाई बैदेशिक मुद्रा संचिति घटन बाट बचाउन प्रत्यक्ष योगदान गरेका प्रवासीहरुलाई उनिहरुलाई धोका दिईरहने राजनीतिक नेतृत्वलाई परिवर्तन गर्ने निर्णय गर्न सर्वोच्च अदालतले कानुन बनाएर प्रवासीलाई मताधिकार सुरक्षित गर्न ०७४ मै निर्देशनात्मक आदेश दिए पनि सरकार र दलहरुले नियोजित रुपमा विधेयक पारित नगर्दा विदेशमा रहेका नेपालीले चुनावमा मतदान गर्नबाट वञ्चित भएका छन् । नोट चलीरहने भोट नचल्ने प्रक्रियाबाट आजित प्रवासीहरु अब घरघर फोन गरेर यो ज़्यादती बिरुद्ध मतदान गराएर जवाफ़ दीने लहर स्वरूप पनि घण्टीको लहर देखीएको छ ।

छोटो अवधिमा पाएको संकाको बिश्वासलाई नागरिकले महसुस गर्ने गरि डेलिभरी दिने चुनौती

पार्टी गठनको ६ महिना भित्र २० सिट हात पारेर स्थापित बन्न गएको दल प्रति जनताको प्रसस्त आसा र भरोसा जागेको देखिएको भएता पनि बिगतमा सरकारमा सहभागी नहुन, धैर्य राखेर काम गर्न दिईएका सुझाव र जनमतलाई बेवास्ता गरिएको प्रति जनतामा आसंका पैदा भएको छ । साना तिना आलोचना बाट बिचलित नभई नेता तथा कार्यकर्ताहरुमा राजनीतिक आचरणको विकास गरेर संगठन बिस्तार गर्ने र सकारात्मक पहलमा दत्तचित्त भएर लागे पुराना दलहरुको अराजकताबाट आजित जनतामा आसाको संचार गराई गतिलो बिकल्पको रुपमा उदाउने सम्भावना देखिन्छ ।

डा. जगन कार्की

आलोचना, सडयन्त्र, आक्रमण र नकारामकता पुराना दलहरुले प्रयोग गरि आएका हत्कण्डा हुन् । नया दलहरु यस बाट बाहिर निस्किएर रचनात्मकता र सृजन्सिलताको साथ जनाबिस्वास लिएर जनताका दैनिक समस्यालाई उजगार गर्ने भूमिका निभाउन सक्नु पर्छ । सत्य र तथ्यमा अडिएर बिधि र पद्दतिलाई स्थापना गर्दै अघि बढ्न सके पुराना दलहरुको बिकल्प बन्ने प्रचुर सम्भावना र जनबिस्वास गुमिसकेको छैन ।

पुराना दलहरुको फेरिपनि मिलेर खाने सरकार प्रम बनेको महिनौ सम्म पनि मन्त्रिमण्डल गठन गर्न नसक्ने र सरकारको उर्जा भागबन्डाको छलफलमा नै बिताउने , ३ जना व्यक्तिहरुको आलोपालो प्रम बन्ने ग्रान्ड डिजाइनमा चल्ने उही पुरानो खेल दोहोरिने प्रक्रिया सुधारको प्रक्रिया भन्दा बिकृतिको निरन्तरता नै देखिएको छ । महंगी, अभाव र आर्थिक मन्दीको मारमा परेका सर्वसाधारणले बिकल्प खोज्ने प्रक्रियाको रुपमा पार्टी परित्याग नगरी गोप्य मतदान मार्फत शान्तिपूर्ण बिद्रोहको लहर चलेको बेलामा तनहुका मतदातालेपनि सदियौं देखि अविकास र अराजकतामा राख्ने पुराना दलर नेताहरु बिरुद्ध बिद्रोह गर्ने स्वर्णिम अवसर प्राप्त गरेका छन् ।

( बित्तिय क्षेत्रका बिज्ञ लेखक कार्की हाल लन्डनमा अध्यापन गर्छन )

प्रतिक्रिया