नेपालीहरुको चेतना स्तर अभिवृद्धि हुने कहिले ?

इनेप्लिज २०८० वैशाख ५ गते ०:४० मा प्रकाशित

मुलुकमा शान्ति र समृद्धि पंचायत कालमा नै थियो । मुलुकमा पुर्व पश्चिम राजमार्ग जस्ता बाटोघाटो खोल्ने कार्यहरु र उधोगहरु जस्ता जे जति विकासहरु भयो पंचायत कालमा भएको देखिन्छ । पंचायत कालको तुलनामा दलीय व्यवस्थामा विकास भएको देखिदैन । पंचायत कालमा रोजगारीको लागि खोलिएको बन्द कल कारखानाहरु (१)भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स (२)हरि सिद्धी ईंटा उद्योग, ललितपुर (३)बालाजु कपडा उद्योग (४)कृषि आयोजना सेवा केन्द्र (५)नेपाल कोल लिमिटेड (६)हेटौंडा कपडा उद्योग (७)हेटौडा छाला उद्योग (८)हेटौडा काठमाडौं रोपवे (९)वीरगन्ज चिनी कारखना लिमिटेड (१०)बिरगंज कृषि औजार कारखाना लिमिटेड (११)बिराटनगर जुट मिल्स (१२)टिम्बर कार्पोरेशन अफ लिमिटेड (१३)जनकपुर चुरोट कारखाना (१४)ट्राली बस सेवा (१५)हिमाल चौबार सिमेन्ट उद्योग (१६)बुटवल धागो कारखाना (१७)जनकपुर रेल्वे (१८)उदयपुर सिमेन्ट कारखाना (१९)सर्लाही चिनी कारखाना (२०)गोरखाली टायर उधोग (२१)इलाम चिया कारखाना (२२)लुम्बिनी चिनी कारखाना (२३)चाइनिज ईंटा कारखाना, भक्तपुर (२४)सुनवल चिनी कारखाना (२५)दोलखा खरिढुङ्गा कारखाना (२६)बांसबारी छाला जुत्ता कारखाना (२७)कांचो छाला संकलन तथा विक्री कम्पनी (२८)नेपाल जुट विकास तथा व्यापार कम्पनी जस्ता उधोगहरु बन्द रहेका छन । यी माथि उल्लेखित उधोगहरु दलीय व्यवस्थामा नै नेताहरू बाट बन्द भएको छ र कयौं उधोगहरु बन्द हुने अवस्थामा पुगेका छन । उधोगहरु बन्द हुनुमा राजा दोषी की ? दलीय व्यवस्थाका नेताहरू दोषी ? अझ पनि जनताहरुको आँखा खुलेको छैन । गंगालाल हृदय रोग केन्द्र, वीर अस्पताल, शिक्षण अस्पताल, कान्तिबाल अस्पताल र नरदेवी आयुर्वेद जस्ता सरकारी अस्पतालहरु पनि पंचायतकालमा नै खोलिएका हुन । नेपालीहरुको सदबुद्धि आउने कहिले ?

कालमार्क्स, एङ्गेल्स, लेलिन, स्टालिन, मदन भण्डारी, मनमोहन अधिकारी, माओसेतुंग र विपी कोइरालाको नाममा भजाएर नेपालीहरुलाई सदैव झुक्याई राजनीतिलाई खाने पेशा र खाने माध्यम बनाई लुटिरहेका छन । बामपंथी नेताहरूले सर्वहारा वर्गको नाममा नेपालीहरुलाई झुक्याई मुर्ख बनाई रहेका छन । सर्वहारा कस्तोलाई भनिन्छ बामपंथी नेताहरूलाई थाहा छ ? सर्वहारा कस्तोलाई भनिन्छ पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा, जनार्दन शर्मा, वर्षमान पुन, नन्द बहादुर पुन, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, सुभाष नेम्वाङ, गोकुल बास्कोटा, महेश बस्नेत, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम र भीम रावललाई थाहा छ ? मुलुकमा सर्वहारा वर्गको नाममा नेतृत्व गर्ने बामपंथी नेताहरू नै सबैभन्दा धेरै धनी रहेका छन ।

काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा पार्टी, लोसपा पार्टी, जनमोर्चा पार्टी र जनमत पार्टी जस्ता पार्टीहरुको नेताहरुलाई सुकुम्बासी केलाई भनिन्छ ? सुकुम्बासीको अर्थ र परिभाषा के हो थाहा छ ? सुकुम्बासीको नाममा राजनीति गर्ने ? मुलुकमा वास्तविक सुकुम्बासीहरु को को थिए र छन । आजसम्म वास्तविक सुकुम्बासीहरु कतिपयले जग्गा पाए दलीय व्यवस्थाको सरकार र शीर्ष नेताहरूसंग वास्तविक विवरणहरु छ ? मुलुकमा सुकुम्बासीको नाममा अनावश्यक बवन्डर मच्चाउने ? सुकुम्बासी समस्याको नाममा पनि झुठो राजनीति गरी खाने पेशा र खाने माध्यम बनाएका छन ।

नेपाली जनताहरुले पंचायत कालमा सय जना सांसदहरु हुँदा धेरै भन्थे । मुलुकमा विक्रम सम्वत २०६२/०६३ सालपछि ६ सय १ जना सभासद र ८ सय ८४ जना सांसदहरु हुँदा पनि जनताहरु मौन छौं किन ? ६०१ जना सभासद, ८८४ जना सांसदहरू र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग गरिरहेका छन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा राज्यकोष ढुकुटी दोहन भएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, ६०१ जना सभासद, ८८४ जना सांसदहरू र नेताहरूले मुलुकलाई खोक्रो र कंगाल बनाउँदा पनि जनताहरु चुप किन ?

राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, प्रदेश प्रमुखहरु, मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, ६०१ जना सभासद, ८८४ जना सांसदहरू र नेताहरूको कारण मुलुकमा आर्थिक मन्दी र आर्थिक संकट आईपर्न लागेको छ । अझै पनि नेपालीहरुलाई चेतना आएको छैन । यसप्रकार नेपालीहरुको चेतना स्तर अभिवृद्धि हुने कहिले ?

वर्तमान समयमा प्रायःजसो नेपाली जनताहरुले हन्डर खान र पश्चाताप हुन अपरिहार्य छ । यसपछि मात्र नेपाली जनताहरुमा सुधार र चेत आउँछ । मुलुकका प्रायःजसो नेपाली जनताहरु राजनीतिक पार्टीहरूका कार्यकर्ताहरु भएकोले नै मुलुकमा विकृति, बेथिति र लथालिङ्ग अवस्था भएको हो ।

यथार्थ र ध्रवुसत्य कुरा गर्नेहरुको भाषा प्रायःजसो नेपाली जनताहरुले बुझ्दैनन । मुलुक अफगानिस्तान, फिजी, सिरिया, रुवाणडा, हाईटी, सोमालिया, र श्रीलंका जस्तो टाट नपल्टिए सम्म यथार्थमा प्रायःजसो नेपाली जनताहरुमा सुधार र चेत कदापि आउने छैन । यसकारण प्रायःजसो नेपाली जनताहरुले हन्डर खान र पश्चाताप हुन अपरिहार्य छ । यसपछि नेपाली जनताहरुको वास्तविक औकात र चुरीफुरी सबै निस्कन्छ बल्ल थाहा पाउने छन । वर्तमान समयमा हन्डर नखाईकन नेपाली जनताहरुको आँखा कदापि खुल्ने छैन मेरो विश्लेषण हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया