अमेरिकाको अलाबामामा मधुर १६ औ जन्मदिन भोजमा गोलाबारी हुँदा खेलाडी सहित ४ जनाको मृत्यु ,२८ जना घाइते

इनेप्लिज २०८० वैशाख ४ गते ०:५९ मा प्रकाशित

अमेरिकाको अलाबामा राज्यमा एक मधुर १६ औ जन्मदिन (स्विट सिक्सटिन )भोजमा गोलाबारी हुँदा ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्

गत शनिबार राति चार व्यक्तिको मृत्यु र कम्तिमा २८ जना घाइते हुँदा भोज नरसंहारको दृश्यमा परिणत भएको प्रहरी अधिकारीहरूले बताए ।

सिएनएनका अनुसार शहरको मध्य बजार (डाउनटाउन) डेडेभिलमा राति १०:३४ बजेतिर घातक हमला भएको अलाबामाको प्रहरी बिभागले आइतबार भने

घटनाको क्रममा “विभिन्न प्रकारका चोटपटकहरू” लागेको र केही पीडितहरू गम्भीर अवस्थामा रहेको आइतवार दिउँसो पत्रकार सम्मेलनमा प्रहरीले भने।

प्रहरीले अझै प्रत्यक्षदर्शीहरूसँग कुरा गरिरहेका छन् र गोलाबारीको बारेमा जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका छन्। प्रहरीले पत्रकार सम्मेलनमा संदिग्ध व्यक्ति वा उद्देश्यका बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।

मारिएका मध्ये एक व्यक्ति फिलस्टाभियस डोडेल भएको पुष्टी भएको छ उनि अमेरिकी फुटबल (भकुण्डो )खेलाडी र जन्मदिन भएकी किशोरीका दाजु थिए, ।

यसअघि आइतवार अस्पतालका अधिकारीहरूले कम्तिमा १५ जना किशोर/किशोरीहरूलाई बन्दुकको गोली लागेर घाइते भएकाहरूको उपचार गरिएको बताएका थिए ,जसमा धेरैको अवस्था गम्भीर बताईएको थियो ।

डेडेभिलको लेक मार्टिन सामुदायिक अस्पतालमा लगिएका १५ किशोरमध्ये ६ जनाको उपचार गरी घर पठाईएको अस्पतालका प्रवक्ता हेइडी स्मिथले बताए।

बाँकी ९ जनालाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ । अन्तिम जाँचमा ती किशोरहरू मध्ये पाँच गम्भीर अवस्थामा रहेका भने र चारको अवस्था स्थिर रहेको छ

प्रहरीले आक्रमणकारी वा सम्भावित कारणबारे कुनै जानकारी दिएको छैन।

प्रतिक्रिया