पोखरामा सेती खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार – भिडियो सहित

इनेप्लिज २०८० वैशाख ३ गते ११:०५ मा प्रकाशित

पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा सेती खोंचमा खसेकी पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।

पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।

पोखरा-१५ मा रहेकाे हरियो खर्कको खेल मैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् ।

प्रहरीको टोलीले उद्धार गरेर निकालेपछि बालिकाकाे अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया