वीरेन्द्र बहादुर रावल
धनगढी,बैशाख १÷विगतका बर्षहरुमा फरक फरक ढंगले मनाईने नयाँ बर्षलाई भने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले रचनात्मक कार्यक्रम गरेर धुमधाम साथ मनाएको छ ।
सुदूरपशिचम प्रदेशका पहाडी जिल्लाहरुमा बैशाख महिनाको पहिलो दिन अथार्त नयाँ बर्षमा मनाईने (बिशु) पर्वको आयोजना गरेर कार्यकर्ताहरुका माझ सिबशेष कशिमिले मनाइएको छ ।
कार्यक्रमका प्रमूख अतिथी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमको मौलिक,धार्मिक , एवं परम्परागत संस्कृतिक रुपमा मनाईदै आइएको बिशु पर्व सुदूरपश्चिममा मात्रै सिमति नराखेर यसको साँस्कृतिक महत्वलाई मध्यनजर गर्दै राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।
उपाध्यक्ष पौडेलले बिशु पर्वको ( सिस्नु चिलाउने ) विशेष महत्व रहेको बताउँदै बिशुलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने कुरामा जोड दिनु भएको छ ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहनु भएका पौडेलले बिशु पर्वको आफ्नै सांस्कृतिक र सामाजिक मूल्य मान्यता रहेको बताउदै यसलाई सुुदूरपश्चिममा मात्र नभएर देशव्यापी बनाउनु पर्ने बताउनु भएको छ ।
एमाले सुदूरपश्चिमले नयाँ वर्षको अवसरमा शुक्रबार धनगढीमा आयोजना गरेको बिशु पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले सबै नेता कार्यकर्तालाई शत्रुता, कटुततापूर्ण आपसी द्धन्द्धको घेराबाट बाहिर रहेर नयाँ सम्बन्धलाई जोडेर एकताबद्ध बनाएर एमालेलाई साझा पार्टी बनाउन सबै नेता कार्यकर्ता लागि पर्नु पर्ने कुरामा बिशेष जोड दिनु भएको छ ।
एमालेका उपाध्यक्ष पौडेलले सबै एमाले नेता कार्यकर्ताले सिस्नु पानीको कम्पनले पार्टी भित्रका नेता कार्यकर्ताहरुका बिचका कटुता,असमझदारी र अस्वस्थ प्रतिस्पर्धाबाट अलग रहन सक्ने सन्देश पदने कुरामा आफृु विश्वस्त रहेको शिस्वास व्यक्त गर्नु भएको छ ।
‘मिसन ग्रासरुट अभियानमा म डोटी आउदा कमरेड लेखराज भट्टले सामाजिक सदभाव र एकताको पर्वका रुपमा बिशु मनाउने चलन छ भन्नुभएको थियो ।
पछि मैले बुझ्दै जादा यसको छुट्टै खालको महत्व रहेछ,’ पौडेलले भने, ‘सम्बन्धका क्रममा व्यक्तिका बीचमा कटुतता, बैमनुष्यता, झगडा, शत्रुताका घटना घट्न सक्छन् । अघिल्लो वर्ष जे गरियो गरियो तरे यो वर्ष विगतका सबै कुराहरु बिर्सिन्छौँ । एकताका साथका अगाडि बढेछौँ भनेर प्रण गर्ने कति राम्रो छ ।’
पौडेलले सुदूरपश्चिमको भूमीमा जन्मिएर हुर्किएको बिशुलाई त्यसका मूल्य र मान्यताका आधारमा राष्ट्रिय रुपमै मनाउनुपर्ने बताए । ‘सुुदूरपश्चिमको भूमीमा जन्मिएको, हुर्किएको यो पर्वका मूल्य र मान्यतका आधारमा यहाँ मात्र सिमित रहदैन । राष्टिय पर्वका रुपमा मनाउनुपर्छ,’ पौडेलले अगाडी भने, ‘आम जनताको पर्वका रुपमा विकसित गर्नुपर्छ । सबैले एकअर्कालाई सिस्नु लगाएर गलत व्यवहार र सम्बन्धलाई बिर्सिएर बिकृतिलाई परित्याग गर्दै एकताबद्ध हुनुपर्छ ।’
प्रमुख अतिथि समेत रहेका पौडेलले पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट,स्थायी कमिटीका सदस्य एवं अनुगमन समितिका सदस्य विन्द्रा पाण्डे, पोलिट व्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल, कर्ण बहादुर थापा, निरुदेवी पाल, लिला भण्डारी,नारदमुनी राना,केन्द्रिय सदस्यहरु ईन्दु कडरिया, सन्तोष थापा, कमला ओली,प्रकाश बहादुर शाह, कमला बोहरार सुदूपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुले कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुलाई सिस्नु लगाएर शुभकामना आदानप्रदान कार्यक्रम गर्नु भएको थियो ।
एमालेका केन्द्रिय उपाध्यक्ष र सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भटट्ले नेता तथा कार्यकर्तालाई समेत सिस्नु लगाएर बिसुु पर्वको शुभकामना दिनु भएको थियो ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा लामो समयदेखि सिस्नु लगाएर मनाइने बिशु पर्वको सामाजिक, सांस्कृतिक र वैज्ञानिक कारणले समेत महत्वपूर्ण भएको बताउनु भएको छ । ‘बिशु पर्व सुदूरपश्चिमेलीहरुले वैदिक कालदेखि मनाउदै आएको पर्व हो । यसको सामाजिक, सांस्कृति र वैज्ञानिक कारणहरु छन्,’ भट्टले भन्नु भयो, ‘आजको दिन सिस्नु लगायो भने अघिल्ला वर्षका सबै बिकार फाल्छ, कुनै रोग शरीरमा लाग्दैन् । अर्को कुरा हिजोका दिनमा हामीबीच कुनै समस्याहरु छन, अन्तरविरोध छन् भने सिस्नु लगाएर सबै दोष फालेर सम्बन्धलाई नयाँ र एकताबद्ध रुपमा अघि बढाउनुपर्छ भन्ने मान्यता छ ।’
ईन्चार्ज थापाले जसरी शिस्नु लगाएर एक आपसमा मित्रताको भाव नेता कार्यकताहरुमा देखा परेको छ त्यसलाई प्रत्येक संघ÷संगठन भित्रपनि हार्दिकताका साथ अगाडी बढाउन सक्नु पर्ने कुरामा समेत जोड दिनु भएको छ ।
शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै स्थायी कमिटी सदस्य एवं अनुगमन समितिका सदस्य विन्द्रा पाण्डेले विसु पर्वको राम्रा पक्षलाई संरक्षण सम्वर्धन गर्दै गलत संसकृति र परम्परालाई अन्त्य गर्दै अगाडी बढ्न सक्नु पर्ने बताउनु भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका स्थायी कमिटि सदस्य कर्ण थापाले सुदुरपश्चिमको धार्मिक,सांस्कृतक एवं परम्परागत कुराले देशका अन्य प्रदेश भन्दा कैयौं गुणा अघिरहेकोले कला र संस्कृति संरक्षणमा सबैको उचित ध्यान जान सो अवसरमा पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, नारदमुनी राना, निरुदेवी पाल, लिला भण्डारी, सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुले एकआपसमा सिस्नु लगाउनु भएको थियो ।
कार्यक्रम समापनको अवसरमा बोल्नु हुँदै एमालेका सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिम धार्मिक,साँस्कृति ,परम्परागत कला र कौशलतामा अन्य प्रदेशको तुलनामा धेरै अगाडी रहेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष भण्डारीले एमालेले सञ्चालन गरेको मिशन ग्रास रुटको अवसर संग संगै एमाले नेता कार्यकर्ताहरुको बिचमा रहेको आपसी द्धन्द्ध,कटुता र असमझदारीलाई अन्त्य गर्नका लागि समेत बिशु पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको बताउनु भयो ।
प्रदेश कमिटीको आयोजनामा गरिएको सो शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा राष्ट्रिय तथा सुदूरपश्चिमका कलाकारहरुले आ—आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
सो अवसरमा एमालेका नेता कार्यकर्ताहरुले नाच गान गरेर रमाएईलो समेत गर्नुभएको थियो ।
प्रदेश कमिटीका अध्यक्ष
भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सुदुरुपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सेनाले गर्नु भएको थियो ।
प्रतिक्रिया