विराटनगर,३० चैत । सत्यनारायण मावि विराटनगर–७ ले आज यहाँ २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।
विद्यालयका पूर्व विद्यार्थी मनोज गोयलले आफ्नो श्रीमती स्व.सुमनदेवी गोयलको नाममा विस २०५८ मा स्थापना गर्नु भएको अक्षय कोषबाट विद्यार्थीहरुलाई प्रत्येक वर्ष छात्रवृत्ति वितरण गरिदै आएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाँइले बताउनुभयो ।
कोषका संरक्षक समाजसेवी दीनबन्धु गोयलले विद्यालयमा रु १४ लाखको अक्षयकोष स्थापना गर्नु भएको हो । रु चार लाखबाट स्थापना गरिएको कोषमा गत बर्ष रु १० लाख थप गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेलले जानकारी दिनुभयो।
यसरी वितरण गरिएका छात्रवृत्तिहरुमा उत्कृष्ट सात छात्रालाई नगद ११÷११ हजार, ९ र १० का गरिव, जेहन्दार र अनुशासित सा जना छात्र–छात्रालाई पाँच÷पाँच हजार र कक्षा ११–१२ का गरिव, जेहन्दार र अनुशासित छ जना छात्र–छात्रालाई नगद छ–छ हजारका दरले वितरण गरिएको छ।
छात्रबृत्ति वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतम, कोषका संरक्षक गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कट्टेल, प्रधानाध्यापक गुरागाईले छात्रबृत्तिले विद्यार्थीलाई अध्ययनप्रति लगाव बढाउने र उच्च शिक्षा अध्ययनमा सहजता हुने बताउनु भएका छ ।
प्रतिक्रिया