जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा स्वागत एवं भेटघाट:

इनेप्लिज २०७९ चैत ३० गते १०:४८ मा प्रकाशित

अप्रील ११, २०२३, उडसाईड न्युयोर्क:

आज जिपी कोईराला फाउन्डेशनको कार्यालय उडसाईड न्युयोर्कमा हाम्रा कुराका संस्थापक एंव नेपाली काङ्रेस केन्द्रीय सदस्य श्री अजय वावु शिवाकोटी एवं फाउन्डेशनका पदाधिकारीहरू बीच सौहार्दपूर्ण भेटघाट एवं छलफल भयो। शिवाकोटीलाई फाउन्डेशनका उपाध्यक्ष श्री शुवर्ण लामाले खादालगाई स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका सदस्यहरु सांगतेम्बा शेर्पा, नोर्बु शेर्पा, टासी शेर्पा पासांग शेर्पा, ने.का. युवा नेता टक रुवाली लगायतको उपस्थिती रहेको थियो।सो अवसरमा नेपाली काङ्रेस केन्द्रीय सदस्य श्री अजय वावु शिवाकोटीले नेपालवाट निहाली रहेको र जिपिके फाउन्डेशन अमेरिकाले खेलेको भुमीका अत्यन्त प्रशंसनीय रहेको र अमेरिकामा पनी समाजसेवी भै नेपाल र नेपालीलाई चिनाउन अहं भुमिका खेल्दै आउनुभएकोमा हामी सबै नेपाली हर्षित एवं गौरवान्वित छौं र आगामी दिनहरूमा जिपी कोईराला फाउन्डेशन सँग सहकार्य गर्दै लम्किनेमा आफु विश्वस्त रहेको बताउनुभयो । शिवाकोटीले आफु फाउन्डेशन अमेरिकाको कार्यालयमा प्रवेश गर्दा आफ्नै घर आएको महशुस गरेको र आफु जहाँरहेपनी नेपाल र नेपालीको पहिचान एवं भलाई र उन्नतीमा सदा लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा ने.का. युवा नेता टक रुवालीले स्व गिरिजा प्रसाद कोईरालाले नेपाली राजनितीमा दिनुभएको ऐतीहासीक योगदान र शान्ती प्रकृया एवं समसामयिक राजनैतिक परीवेशको वारेमा स्मरण गर्दै स्वर्गीय गिरीजाप्रसाद कोईराला जस्तो निडर नेताको नेपालमा अभाव भएको महसुस गरेको छु, भन्नु भयो।

नेपालमा राणाशासनदेखी गणतन्त्र स्थापना गर्दासम्म आफ्नो सारा जीवन देश,जनता र क्रान्तीको लागी समर्पित गर्नुभएका स्व. गिरिजा प्रसाद कोईराला एक अद्वितीय राजनितीज्ञ भएको कुरा फाउन्डेशनका उपध्यक्ष्य सुवर्ण लामाले बताउनुभयो र अन्त्यमा उपाध्यक्ष शुवर्ण लामाले फाउन्डेशन परीवारलाई माया गरी कार्यालयमा भ्रमण गरी आफ्ना अमुल्य विचारहरू राखीदिनु भएकोमा सम्पूर्ण फाउन्डेशन परीवारको तर्फवाट केन्द्रीय सदस्य श्री अजय वावु शिवाकोटी लाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दै वहाँको अमेरिकाको भ्रमण अत्यन्त फलदायक रहोस भन्ने कामना गर्नुभयो।

प्रतिक्रिया