नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७९ चैत २९ गते १०:३५ मा प्रकाशित

आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलका तर्फबाट उम्मेदवार हुनुभएका तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका श्री गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवलाई “संविधानको रक्षा, स्थायीत्व र मुलुकको समृद्धीको “लागि आफ्नो अमुल्य मत दिएर विजयी गराईदिनहुन सम्बन्धित तीनवटै जिल्लाका आदरणीय आम मतदाताहरूलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट हार्दिक बिनम्र अनुरोध गर्दछौं।

यस उपनिर्वाचनका समयमा नेपालमा पुग्नुभएका नेपाली जनसम्पर्क समिति अमेरिकासंग आबद्ध आदरणीय सबै साथिहरूलाई आ-आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा पुगेर पार्टीको निर्देशन बमोजिम गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराउनका निमित्त परिचालित भइदिनहुन समेत समितिको तर्फबाट यहॅाहरूलाई हार्दिक अनुरोध गर्दछौ ।

साथै अमेरिकामा हुनुभएका नेपाली जनसम्पर्क समिति अमेरिकाका सबै साधरण एवम कृयाशील सदस्यहरू र यसका प्रतेक च्याप्टर समिति र संगठनमा आबद्ध सदस्यहरू लगायत विश्वभर छरिएर रहनुभएका आम लोकतन्त्र प्रेमी आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई आ-आफ्नो ठाउॅबाट लोकतन्त्रको एकमात्र धरोहर पार्टी नेपाली कांग्रेसको उम्मेदवारलाई रूख चिन्हमा मतदान गरी विजयी गराउने अभियानमा बिभिन्न माध्यम मार्फत सहयोग पुर्याइदिनहुन नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट सबैलाई हार्दिक अपिल गर्दछौं।

त्यसैले वैशाख १० को उपनिर्वाचनमा “संविधानको रक्षा, स्थायीत्व र मुलुकको समृद्धीको” लागि नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउने अभियानमा एकसाथ जुटौं ।

धन्यवाद , जय नेपाल !
मुनिद्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया