मेरो मात्र भाषा र सस्कृतिले समाजलाई आगाडि वढाउन नसक्ने–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ चैत २८ गते २२:०६ मा प्रकाशित

विराटनगर,२८ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले कानूनको जनशक्त्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

विराटनगरस्थित ब्राइट भिजन ल कलेजद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँले राज्यको लगानीमा सञ्चालित शैक्षिक संस्थाहरु दिनप्रति दिन कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले मेरो मात्रभाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो र अरुको कुरालाई स्वीकार गर्दिन भन्ने भावनाले मुलुक अगाडि वढ्न नसक्ने जिकिर गर्दै कानुनका विद्यार्थीहरुले यस्ताकुराहरुलाई समाजलाई राम्रोसँग बुझाउनु पर्ने धारणा राख्नु भयो ।

उहाँले आफु कानुनकोे विद्यार्थी भएपनि अधिक समय राजनीतिक क्षेत्रमा खर्चेका भन्दै कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर भएकाले उहाँहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनु पर्ने विचार राख्नु भयो ।

प्रतिक्रिया