मेरील्याण्डमा दशै विधेयक पारित, अव विधालयका विध्यार्थी लगायतले दशै विदा पाउने

इनेप्लिज २०७९ चैत २८ गते ४:०७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा दशै विधेयक पारित भएको छ ।

नेपाली समुदायको लागि एक ऐतिहासिक दिन भएको छ । मेरील्याण्ड राज्यका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले हर्ष व्यक्त गर्दै सामाजिक सॅजाल मार्फत मेरील्याण्डका सॅासद तथा सिनेटरहरुलाई धन्यवाद दिएका छन ।

सॅासद डा भण्डारीले ५ बर्षको अथक र अनवरत प्रयास पछि दशै बिधेयक पारित भएकोमा हर्ष व्यक्त गरेका छन । 

दुवै सदनबाट पारित भएकोले यो बिधेयक मेरील्याण्ड राज्यका गभर्नरले हस्ताक्षर गरे पछि कानुन बन्ने छ । यो मेरील्याण्ड राज्यका सबै नेपाली समुदायको लागि अत्यन्तै खुसिको कुरा भएको सॅासद डा भण्डारी सामाजिक सॅजालमा उल्लेख गरेका छन ।

प्रतिक्रिया