सामाजिक अभियन्ता नारायण श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न

नातिबाबु भट्ट २०७९ चैत २७ गते ९:४१ मा प्रकाशित

नातिबाबु भट्ट
अप्रील ९, २०२३
कोलोराडो, अमेरीका

कोलोराडोका सामाजिक अभियन्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।


उपचारको क्रममा गत मार्च २० तारिकका दिन निधन भएका श्रेष्ठको सम्मानमा नेपाली भाषी समुदाय बिच सकृय संस्था नेपाली घरको आयोजनामा आईतवार दिउसो २ बजे ४ बजे सम्म नेपाली सांस्कृतीक भवनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

स्वर्गिय नारायण श्रेष्ठको संझनामा एक मिनेट मौन धारण र कार्यक्रममा उपस्थित सबैले उनको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली सभा शुरुगरिएको थियो । सभामा डेढ दर्जन भन्दा बढि बक्त्ताहरुले नारायण दाई संगको बिगतका क्षणहरु संझदै भक्कानिएका थिए । यसरी बक्त्तब्य दिनेहरुमा एक दर्जन भन्दा बढि बिभिन्न संघ संस्थाका पदाधिकारी, गन्यमान्य, साथिभाई, पत्रकार समाजसेवी, नेपाली घरका सल्लाहकार तथा पुर्व पदाधिकारीहरु रहेका थिए ।

नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालको अध्यक्षतामा संम्पन्न कार्यक्रममा कवी दामोदर लुईटेले नारायण दाईप्रति श्रद्धाभाव अर्पण गर्दै लेखेका शोक कविता बाचन गरेका थिए । त्यसैगरी अनेसास कोलोराडोका अध्यक्ष राजु सीटौलाले नारायण दाइले अनेसासको कार्यक्रममा बाचन गरेको पर्खाल शिर्षकको कविता वाचन गरी सुनाएका थिए । श्रद्धाञ्जली सभा नेपाली घरका उपाध्यक्ष बसन्त लंम्सालले संचालन गरेका थिए ।

झण्डै डेढ दशक नेपाली भाषी समुदायको रुपान्तरणमा निरन्नर कृयाशिल सामाजिक अभियान्ता नारायण श्रेष्ठ मृदुभाषी, सरल, सहयोगको लगी सधै अगाडी बढ्ने र सबैलाई प्रगती गर्न प्रेरणा दिने नेपाली समाजका पथ प्रदर्शक थिए । उनको निधनबाट नेपालीभाषी समुदायलाई अपुरणीय क्षती पुगेकोेले उहाको मृत आत्माको चिर शान्तिकालागी श्रद्धाञ्जली सभा आयोजना गरिएको नेपाली घरले जनाएको छ ।

स्वर्गिय श्रेष्ठ नेपाली घरका संस्थापक अध्यक्ष, बर्तमान कार्य समितीका सल्लाहकार तथा नेपाली सांस्कृतिक भवन खरिद प्रकृयाको लोन ग्यारेन्टर रहेका थिए ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया