अमेरिकाको विस्कनसिनमा गोली हानाहानमा हुँदा दुई प्रहरी अधिकारी सहित संदिग्ध मारिए

इनेप्लिज २०७९ चैत २७ गते १:२७ मा प्रकाशित

अमेरिकाको विस्कनसिनमा गोली हानाहानमा हुँदा दुई प्रहरी अधिकारी सहित संदिग्ध मारिएका छन् ।

विस्कनसिन राज्यको क्यामरूनमा प्रहरीले गाडी रोक्ने क्रममा एक संदिग्ध व्यक्तिसँग गोली हानाहानपछि गत शनिबार दुई विस्कन्सिन प्रहरी अधिकारीको मृत्यु भएको विस्कन्सिन न्याय बिभागको आपराधिक शाखाले जनाएको छ ।

अधिकारीहरू दुई फरक प्रहरी विभागका भएको अधिकारीहरूले एक समाचार विज्ञप्तिमा जनाएका छन ।

चेटेक प्रहरी विभागका एक अधिकारीले शनिबार स्थानीय समय अनुसार दिउँसो ३:३८ मा क्यामरून, विस्कन्सिनमा संदिग्धलाई गाडी रोके पछि (ट्राफिक स्टप )अधिकारी र संदिग्ध व्यक्तिबीच गोली हानाहान सुरु भएको विस्कन्सिन डीओजेले भने।

चेटेक अधिकारी र र क्यामरुन प्रहरी विभागका एक अधिकारीको घटनास्थलमा मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

संदिग्ध पनि मारिएको राज्यको न्याय विभागले समाचार विज्ञप्तिमा पुष्टि गरेको छ । अधिकारी र संदिग्धको नाम सार्वजनिक गरिएको छैन भनि एबिसी समाचारले उल्लेख गरेको छ ।

प्रतिक्रिया