बौद्ध समाज कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन

नातिबाबु भट्ट २०७९ चैत २३ गते १:०६ मा प्रकाशित

नातिबाबु भट्ट
कोलोराडो अमेरीका
अप्रिल ५, २०२३

बौद्ध समाज कोलोराडोको हालै सम्पन्न भेलाले श्यामकुमार श्रेष्ठको अध्यक्षतामा ७ सदस्सीय नयां कार्य समिती सर्बसम्मत रुपमा चयन गरेको छ ।


यसरी चयन कार्य समितीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश सोनाम शेर्पा, संजय शाक्य र बसन्त गुरुङ रहेका छन् । त्यस्तै संस्थाको सदस्यहरुमा पेमा डोल्कर श्रेष्ठ, शान्ति लामा, टेकबहादुर थापा रहेको अध्यक्ष श्यामकुमार श्रेष्ठले बताएका छन् ।
त्यसैगरी सोही भेलाले ४ सदस्सीय सल्लाहकारहरू समेत चयन गरेको छ । यसरी चयन भएका सल्लाहकारहरुमा पूर्णबहादुर गुरुङ, लाक्पा शेर्पा, अरुण गुरुङ र चन्द्रमान गुरुङ रहेका छन् ।

कोलोराडोमा सन् २०१७ मा गठीत यस संस्थाले हरेक बर्ष बुद्ध जयन्तिको अवसरमा कोलोराडो डेन्भर डाउनटाउनमा शान्ति पदयात्रा सहित बिभिन्न कार्यक्रम गर्दै आएको छ । यसबर्ष पनि आगामी मे १३ तारिक शनिबारका दिन डाउनटाउन सिभिक सेन्टरमा बिभिन्न कार्यक्रमको साथ २६४७ औं बुद्ध जयन्ति मनाउने कार्यक्रम रहेको संस्थाका सचिव संजय शाक्यले बताएका छन् ।

उक्त दिन कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा सर्वसाधारण उपस्थित भइ भब्य र सभ्य तरिकाबाट सफलतापुर्बक कार्यक्रममा सम्पन्न गर्न सहयोग गरिदिनु हुन संस्थाका अध्यक्ष श्रेष्ठले सबैलाइ हार्दिक अपिल गरेका छन् ।

रकी माउन्टेण्न फेन्डस अफ नेपालको संयोजन तथा स्थानीय संघ संस्था र सर्वसाधारणको सहभागीतामा डेन्भर स्थित स्काइ लाइनपार्कमा सन् २०१६ मे २२ मा पहिलो पटक शान्ति पदयात्रा सहित बुद्ध जयन्ति मनाउन थालिएको थियो ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया