३० दिनमा सिंहदरबार कसरी चल्छ भन्ने सिके, अव सिंहदरबार कसरी चलाउनुपर्छ भनेर सिकाउन जाँदैछु (भिडियो सहित)

इनेप्लिज २०७९ चैत २२ गते ११:०३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले अवको पाँच वर्षमा एकल बुहमतको सरकार बनाउने बताएका छन् ।

चिनवन(२ को चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा कुनै व्यक्तिको पार्टी नभई लाखौ मानिसहरुको अभियान भएकाले अवको पाँच वर्षमा एकल बहुमतको सरकार बनाउने दाबी गरे ।

आफू र आफ्नो पार्टीलाई गत मंसिरमा सम्पन्न भएको संविधान सभा सदस्यको निर्वाचनमै लडाउन खोजेको बताउँदै उनले रास्वपा भलिबल जस्तै भएकाले जती पर्छान खोज्यो त्यति नै उफ्रने पार्टी भएकाले अव २० होईन २२ सिटसहित संघीय संसद भवन छिर्ने बताए ।

उनले भने, ‘छ महिनामा २० सिटसहित संसद भवन छिर्ने संसारकै पहिलो पार्टी हो रास्वपा । अव पाँच वर्षमा बहुमतसहित संसदको यात्रा तय गर्दैछौ ।’ आफुलाई सिंहदरबार कसरी चल्छ भनेर सरकारमा गएको ३० दिनमा अनुभव भएको जनाउँदै उनले अव सिंहदरबार कसरी चलाउनुपर्छ भनेर सिकाउन संसदको यात्रामा जोडिन खोजेको बताए ।

आफूमाथी मुद्दा चलाउन भएभरका राज्य शक्ति, व्यक्ति लागेकाले आफू ज्यानको पर्वाह नराखि असल साथीलाई साथमै लैजान पुनः चुनावी मैदानमा रहेको उनको भनाई छ । कानुन बनाउने ठाउमा रहेर जनताको गाँस, बास र कपासको ग्यारेन्टिमा लाग्नेसमेत उनको प्रण छ ।

https://www.youtube.com/shorts/yx7n5ENDZ-k

प्रतिक्रिया