शर्मालाई अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’

इनेप्लिज २०७९ चैत २२ गते १०:५७ मा प्रकाशित

नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मालाई अष्ट्रेलियाको मेलबर्नमा २३ अप्रिल २०२३ मा अन्तर्राष्ट्रिय राजदूत पूरस्कार प्रदान गरिने भएको छ । शर्माले मेलबर्नमा आगामी २२ र २३ अप्रिलमा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को लागि नेपालको टिम प्रशिक्षकको जिम्मेवारी समेत सम्हाल्ने छन् ।

शर्मा नेपाल एवं अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्टको प्रवद्र्धनमा सक्रिय रूपमा संलग्न छन् । उनी विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षक समेत हुन् ।

शर्माले मार्सल आर्टसँग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन । शर्माकोे तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा समेत सक्रिय सहभागिता रहने गरेको छ । उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट कार्यक्रमहरूमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।

उनले मार्सल आर्ट क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका कारण दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् । शर्माले अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारिसकेका छन् ।

प्रतिक्रिया