सामाजिक अभियन्ता नारायण श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली सभा अयोजना हुदै

नातिबाबु भट्ट २०७९ चैत २२ गते १:०९ मा प्रकाशित

नातिबाबु भट्ट
अप्रील ४, २०२३
कोलोराडो, अमेरीका

कोलोराडोका सामाजिक अभियन्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको सम्मानमा श्रद्धाञ्जली सभा आयोजना हुने भएको छ ।उपचारको क्रममा गत मार्च २० तारिकका दिन निधन भएका श्रेष्ठको सम्मानमा नेपाली भाषी समुदायमा सकृय संस्था नेपाली घरको आयोजनामा यही अप्रील ९ तारिक आईतवार दिउसो २ बजे नेपाली सांस्कृतीक भवनमा श्रद्धाञ्जली सभा हुन लागेको हो ।

झण्डै डेढ दशक नेपाली भाषी समुदायको रुपान्तरणमा निरन्तर कृयाशिल सामाजिक अभियान्ता नारायण श्रेष्ठको निधनबाट नेपालीभाषी समुदायलाई अपुरणीय क्षती पुगेकोे र उहाको मृत आत्माको चिर शान्तिकालागी श्रद्धाञ्जली सभा आयोजना गर्न लागिएको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।
उक्त श्रद्धाञ्जली सभामा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, सामाजिक अभियन्ता, स्वर्गिय श्रेष्ठका शुभचिन्तक, साथीभाई, परिवार, आफन्त तथा नेपाली भाषी सबैलाई कार्यक्रममा उपस्थित भई नारायण दाई प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिदिनु हुन अध्यक्ष ढकालले सबैलाई अनुरोध गरेका छन् ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया