अमेरिकाको फ्लोरिडाबाट हराएका २ वर्षीय बालक गोहीको मुखमा मृत फेला

इनेप्लिज २०७९ चैत १८ गते २१:०७ मा प्रकाशित

ज्यादै दुखद समाचार : अमेरिकाको फ्लोरिडाबाट हराएका २ वर्षीय बालक गोहीको मुखमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन ।

बेपत्ता भएका २ वर्षीय बालक जसको आमालाई यस हप्ताको सुरुमा फ्लोरिडाको सेन्ट पिटर्सबर्ग आवासगृहमा मारिएको अवस्थामा फेला पारिएको थियो । उनका छोरालाई गत शुक्रबार एक गोहीको मुखमा मृत फेला पारिएको थियो भने हत्याको आशंकामा बालकका बाबुलाई पक्राउ गरिएको छ ।

सेन्ट पिटर्सबर्ग प्रहरी प्रमुख एन्थोनी होलोवेले शुक्रबार साँझ एक पत्रकार सम्मेलनमा टेलेन मोस्लीको शव एक मनोरञ्जन क्षेत्रमा एक गोहीको मुखमा भेटिएको बताए ।

जासूसहरूले शुक्रबार दिउँसो डेल होम्स उद्यान वरपरको क्षेत्रमा खोजी गरिरहेको समयमा उनीहरूले “मुखमा एउटा वस्तु राखिएको गोही देखे,” होलोवेले भने।

जासुसहरुले गोहीलाई गोली हानेका थिए भने त्यस पछि गोहीले आफ्नो मुखमा भएको वस्तु खसालेको प्रहरीले बताए ।

बालकका २१ बर्षिय बुबा थोमस मोस्ले र २० वर्षीय पाशुन जेफ्री र उनीहरूका छोरा टेलेन मोस्लेको मृत्युको अभियोगमा प्रथम श्रेणीको हत्याको दुईवटा मुद्दा लगाइएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

टेलेनको मृत्युको वास्तविक कारण अज्ञात रहेको छ भने जेफरीलाई धेरै पटक छुरा प्रहार गरिएको अवस्थामा भेटिएको थियो।

जेफ्री र उनको छोरालाई अन्तिम पटक परिवारका सदस्यहरूले बुधबार बेलुका ५:२० बजे देखेका थिए। प्रहरीका अनुसार बेलुका साढे ८ बजेतिर छिमेकीहरूले आफ्नो आवासगृह (अपार्टमेन्ट) नजिकै चर्को आवाज सुनेका भएता पनि प्रहरीहरुलाई बोलाइएको थिएन भनि समाचारमा जनाईएको छ ।

भोलिपल्ट जेफ्रीकी आमाले छोरीसँग कुराकानी हुन् नसके पछि आवास गृह (अपार्टमेन्ट कम्प्लेक्स)को सम्पत्ति प्रबन्धकलाई सम्पर्क गरेकी थिइन् । त्यही बेलामा व्यवस्थापनले उनीलाई मृत अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया