ट्रम्पलाई अभियोग लाग्ने बित्तिकै वयस्क चलचित्रकी कलाकार स्टर्मी डेनियललाई गालीको वर्षा ,सुरक्षाको कारण अन्तर्वार्ता स्थगित

इनेप्लिज २०७९ चैत १८ गते १७:१९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको म्यानह्याटन अदालतका एक बृहत निर्णायक मण्डल (ग्रान्ड जुरी)ले वयस्क चलचित्रकी कलाकार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर चुप लगाउन दिए रकम पछि अभियोग लागेको केही घण्टा भित्रै गालीको वर्षा आएको उनले बताईन ।

र ,उनले दिने भनेको अन्तर्वार्ता समेत अहिलेलाई स्थगित गरिएको छ । डेनियलले ट्रम्पको अभियोगलाई पुष्टी भनेकी छिन् तर आफूलाई आफ्नो सुरक्षाको भयमा भएको बताएकी छिन ।

डेनियल शुक्रबार दिउँसो पियर्स मोर्गनसँगको विशेष अन्तर्वार्ताको लागि बेलायतको टक टिभीमा देखा पर्ने थिइन् । चर्चित पत्रकार पियर्स मोर्गनले आफ्नो आधिकारिक ट्विटर खातामा लेखे “सुरक्षा समस्याहरू” को कारण डेनियलले अन्तर्वार्ता सुरु हुने समय भन्दा पहिले “अचानक स्थगित” गर्नु परेको लेखेका छन ।

प्रतिक्रिया