अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको घुम्रपात ( टोर्नाडो)का कारण कम्तीमा ९ जनाको मृत्यु ,दर्जनौं अन्य अस्पतालमा भर्ना

इनेप्लिज २०७९ चैत १८ गते १०:५२ मा प्रकाशित

अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको घुम्रपात ( टोर्नाडो)का कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ भने दर्जनौं अन्य अस्पतालमा भर्ना भएका छन् ।

विनाशकारी घुम्रपात ( टोर्नाडो) ले शुक्रबार दक्षिण र मध्यपश्चिमीलाई शनिबार बिहानसम्म केही क्षेत्रहरुलाई तहसनहस पारेको छ । कम्तिमा ९ व्यक्तिको मृत्यु भएको र दर्जनौं भन्दा बढी घाइते भएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

मानिसहरु उनीहरूको घरमा फसेका र व्यवसाय र महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्‍याएको छ । शनिबार दिउँसो थप गम्भीर मौसमको खतराको चेतावनी दिईएको छ । कम्तिमा छ वटा राज्यहरूमा शुक्रबार ५० भन्दा बढी प्रारम्भिक घुम्रपात ( टोर्नाडो) हरु आएका छन् । अर्कान्सासमा दुई जनाको ज्यान वायन नामक सानो शहरमा र अर्का एक व्यक्तिको मृत्यु लिटिल रकमा भएको स्थानीय अधिकारीहरूले बताए ।

यसैगरी इण्डियानापोलिसको दक्षिणपश्चिममा ९५ माइल टाढा रहेको शहर सुलिभान नजिकैको घरहरू र स्वयंसेवक दमकल विभागलाई क्षति पुर्‍याउने गरि गत शुक्रबार राति आएको घुम्रपात ( टोर्नाडो) ले इन्डियानामा दुई जनाको मृत्यु भएको छ।

गत शुक्रबार लिटिल रक क्षेत्रमा आएको घुम्रपातको कारण कम्तिमा ५० जनालाई अर्कान्सासको पुलास्की काउन्टीका अस्पतालहरूमा पठाइएको छ । कोभिङटन,टेनेसीमा शुक्रबार आएको घुम्रपातको आँधीबेहरी अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया