एफबीआईद्वारा मेक्सिकोमा कुकुरसँग हिँड्दै गर्दा अपहरणमा परेकीअमेरिकी महिलाको स्थान पत्ता लगाउनेलाई ४० हजार डलरको पुरस्कार

इनेप्लिज २०७९ चैत १८ गते ०:१३ मा प्रकाशित

एफबीआईले तीन महिनाअघि मेक्सिकोमा बेपत्ता भएकी एक अमेरिकी महिलाको स्थान पत्ता लगाउनेलाई ४०,००० डलर पुरस्कारको प्रस्ताव गरेको छ।

अधिकारीहरूका अनुसार २९ बर्षिय मोनिका डे लियोन बार्बा अन्तिम पटक नोभेम्बर २९ मा आफ्नो कुकुरलाई मेक्सिकोको टेपाटित्लान जालिस्कोमा कामबाट घरमा हिंडिरहेको देखीएको थियो ।

एफबीआई सान फ्रान्सिस्को कार्यालयले सामाजिक संजाल ट्वीट मार्फत यदि तपाईहरुलाई मोनिकाको बारेमा कुनै सूचना छ भने खोज्न मद्दत गर्न सक्नु हुन्छ र सम्पर्क गर्नु होस् भनि आह्वान गरेका छन् ।

मोनिका साँझ ५-६ बजेको बीचमा फिट फर लाइफ नामक व्यायामशालामा थिइन् भने त्यसै समयमा कुकुरलाई सडकमा एक्लै छोडेर गाडीमा जबरजस्ती लागिएको थियो भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

गत १२१ दिन देखि हराई रहेकी दिदीको डर र पीडाको बारेमा म सोच्न सक्दिन उनका भाइ गुस्ताभो डे लियोनले एक विज्ञप्तिमा भने । उनकी दिदीलाई उनीहरूको गृहनगरबाट अपहरण गरिएको बताए ।

तस्बिर कृतज्ञता : एफबिआई ट्वीटर

प्रतिक्रिया