पनेरुगडा शिविरमा आचार्यद्धारा नीरिक्षण,सुकुम्बासीद्धारा फुलमाला लगाएर सम्मान

वीरेन्द्र रावल २०७९ चैत १६ गते २२:११ मा प्रकाशित

धनगढी चैत्र १७÷ खुल्ला आकाशमूनि उज्जवल भविश्यको परिकल्पना सहित जमिनलाई डेस्क बेन्च बनाएर अध्ययन गर्ने सुकुम्बासीका बालबालिकाको अवस्थाका बारेमा सोमबार समाजसेवी सामाजिक अभियान्ता कृष्ण आचार्यले शिविरको अवलोकन गर्नुभएको छ ।

२०६५ सालको अबिरल बर्षपछि गएको बाढी र पहिरोले घरबार विही बन्न पुगेका चुरे गाउँपालिकाका विभिन्न वडाका २९० जना परिवार बसोबास गर्दै आइरहेका पनेरुगडा शिविरमा कृष्ण आचार्यको पहलमा अमेरिकामा बस्दै आउनु भएका कुमार खड्का लगायतका अभियान्ताहरुको सहयोगमा १ सय २७ जना र २० जना कैलालीकै फलेबिसौनाका बालबालिकालाई जाडोको न्यानो कपडा समेत प्रदान गरिएको थियो ।

सरकारको चरम उपेक्षाका कारण राम्रो बिद्यालयमा अध्ययन गर्न नसक्ने सुकुम्बासीका बालबालिकाले खुल्ला आकाशमूनि चौरमा बसेर शैक्षिक सामाग्रीको अभावमा अध्ययन गरिरहेका बालबालिकाको दयनीय अवस्था देखेर कृष्ण आचार्य र समाजिक अभियान्ता मोहन खत्रीले पनेरुगडा शिविरमा पुगेर हाल ७५ जना जति स—साना बालबालिकाले अध्ययन गर्ने सो स्थानमा सक्दो सहयोग गर्ने समेत बताउनु भएको छ ।

समाजसेवी एवं अभियान्ता कृष्ण आचार्यले ७५ जना बिद्यार्थीका लागि कपि र पेन्सिल तत्काल उपलब्ध गराउने बाचा गर्नु भएको छ ।

उहाँले भविश्यका कर्णधारका लागि पनि आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने दिसामा नीजि क्षेत्रले खासै पहल नगरेको बताउनु भयो । उहाँले आफु अमेरिका गैसकेपछि सहयोगी हातहरुलाई यस बारेमा जानकारी दिईने बताउनु भएको छ ।

पेटभरी खान लाउन नपुग्ने शुकुम्बासीका बालबालिकाका अभिभावकले मासिक २० देखि ४० रुपैयाँ आजको २१ औं शताब्दीमा पनि गरिव अनि विपन्न बर्गका मानिसहरुका लागि आवश्यक शैक्षिक सामाग्रीहरु उपलब्ध नहुनुले पनि नेपालको लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थालाई समेत गिज्जाएको ठहर हुन्छ ।

स्वास्थ्य,शिक्षा र खानेपानीको अभाव झेलीरहेका सुकुम्बासीका बालबालिकाका लागि सबै सरोकारवाला निकायले आवश्यक सहयोग उपलब्ध गराउनु पर्ने जरुरी देखिन्छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया