क्रिकेट खेलाडीद्वय राजवंशी र कँडेल रु एक लाख सहित सम्मान

इनेप्लिज २०७९ चैत १६ गते २१:५५ मा प्रकाशित

विराटनगर,१६ चैत । विराटनगर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीद्वय लिलित राजवंशी र दीपेश कँडेललाई आज साँझ यहाँ नगद सहित सम्मान गरेको छ।

विराट गोल्ड कप फुटवल प्रतियोगिताको आज साँझ शहीद रङ्शालामा आयोजित समापन समारोहमा खेलाडीद्वयलाई नगद रु एक लाख एक हजार एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नु भएको हो ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको जिम्मेवारी रहेको रहेको बताउनु भयो ।

महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिने क्रिकेटले देखाएको छ भन्दै नगरमा खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

प्रतिक्रिया