अमेरिकाको  केन्टकीमा प्रशिक्षण अभ्यासका क्रममा दुई अमेरिकी सेनाका उदग्रबिमान( हेलीकप्टर) दुर्घटना हुँदा नौ सैनिकको मृत्यु 

इनेप्लिज २०७९ चैत १६ गते १६:५४ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यमा प्रशिक्षण अभ्यासका क्रममा दुई अमेरिकी सेनाका उदग्रबिमान( हेलीकप्टर) दुर्घटना हुँदा नौ सैनिकको मृत्यु भएको छ ।

बुधबार राति केन्टकीमा  प्रशिक्षण अभ्यासका क्रममा दुई अमेरिकी सेनाका ब्ल्याक हक हेलिकप्टर( उदग्रविमान) दुर्घटना हुँदा नौ सैनिकको मृत्यु भएको अधिकारीहरूले बिहीबार बिहान बताए।

राति करिब १० बजे दुर्घटना भएको हो । फोर्ट क्याम्पबेलको पश्चिममा रहेको ट्रिग काउन्टीमा  सेनाको सैनिक छाउनीले   बिहीबार बिहान एक विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया