अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी

इनेप्लिज २०७९ चैत १६ गते ११:३३ मा प्रकाशित

अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल आफ्नो लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य भएका छन् ।

रेमन्ड मिनेसोटामा बिहीबार बिहान इथानोल बोकेको रेल आफ्नो मार्ग (पटरी)बाट खसेको छ भने धेरै सवारी साधन(कार)हरूमा आगो लागेको अधिकारीहरूले भने। नजिकका बासिन्दाहरूलाई सावधानीको रूपमा आफ्नो घरहरू खाली गर्न बाध्य तुल्यायो भनि सिएनएनले समाचार लेखेको छ ।

रेमण्ड फायर डिपार्टमेन्टले सामाजिक संजाल फेसबुक मार्फत करीव बिहान १ बजे रेल लिकबाट खसेको जनाएको छ ।

बीएनएसएफ रेलवेका सार्वजनिक मामिलाका महानिर्देशक लेना केन्टले रेलले ईथनोल र मकैको रस (सिरप )सहित मिश्रित भाडा बोकेको सिएनएनलाई बताएकी छिन ।

त्यहाँ कुनै चोटपटक भएको कुनै विवरण प्राप्त भएको छैन भने रेलमार्गका कर्मचारीहरू घटनास्थल पुगेका छन् । कन्डियोही काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै रेल लिकका वरिपरिका आधा माइल भित्रका घरहरू खाली गरिएको जनाएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । मिनेसोटाको यातायात विभागले रेल आफ्नो मार्गबाट खसेको र आगलागीका कारण नजिकैको राजमार्ग बन्द गरेको दमकल विभागले जनाएको छ। रेमन्ड मिनियापोलिसबाट लगभग दुई घण्टा पश्चिममा पर्दछ ।

प्रतिक्रिया