अमेरिकाको भर्जिनियाको एक राजमार्गमा ३६ घण्टासम्म सडक अबरुद्ध गर्ने महिलाद्वारा आत्मसमर्पण

इनेप्लिज २०७९ चैत १६ गते ११:१२ मा प्रकाशित

अमेरिकाको भर्जिनियाकोको रिचमण्ड राजमार्गमा ३६ घण्टासम्म सडक अबरुद्ध गर्ने महिलाले आत्मसमर्पण गरेकी छिन ।

हाइब्ला भ्याली क्षेत्रमा रहेको रिचमण्ड राजमार्ग (मार्ग १) मा प्रहरीसँगको लामो सम्झौता वार्तापछि बिहीबार मध्यरातमा एक महिलालाई हिरासतमा लिएको छ । गाडी भित्र सशस्त्र रहेकी उक्त महिलालाई प्रहरीले मनाउन ३६ घण्टा लागेको र अन्त्यमा उनि बाहिर निस्के पछि सडक खोलिएको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।

उनलाई बाहिर आएका दर्शकहरूले हौसला दिए र एक जनाले हामी तिमीलाई माया गर्छौं भने पछि जसरी महिला गाडीबाट निस्किएकी थिइन् । उनी प्रहरी समक्ष पुगिन् र बिहीबार मध्यरातपछि आत्मसमर्पण गरिन ।

महिलालाई प्रहरीले हिरासतमा लिएको छ भने महिलाको नाम तत्काल सार्वजनिक गरिएको छैन। रिचमण्ड राजमार्गमा डेढ दिनसम्मको व्यस्त सडक अवरुद्ध भएपछि सवारी आवागमन अहिले चलिरहेको छ ।

यो घटना मेरिल्याण्डको लरेलकी २५ बर्षिय बेपत्ता भएकी महिला भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सुरक्षित फेला परेकोसंग सम्बन्धित छ । प्रहरीले यस अघि सुरक्षित फेला पारिएको भनि जानकारी दिएका थिए ।

प्रतिक्रिया