कांग्रेसमा मन्त्री छान्ने जिम्मा देउवालाई

इनेप्लिज २०७९ चैत १६ गते १०:४७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

बिहिवार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालय अनुसार मन्त्रीको नाम पठाउने प्रवक्ता प्रकाशशरण महतले बताए । १० दलीय गठबन्धनमा कांग्रेसलाई ८ मन्त्री भागमा परेको छ ।

मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने महतले जानकारी दिए । उनका अनुसार देउवाले सबैसँग सल्लाह गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

बारा २ को उम्मेदवार चयनका लागि फेरि १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर छलफल र फेरि निर्णय लिने उनले बताए ।

प्रतिक्रिया