विराटनगर,१४ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार पालिकासँगको सहकार्यमा जनतालाई विकासको अनुभूति गराउने कार्य गरिरहेको बताउनु भयो ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल कोशी प्रदेश दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै पालिकाले ल्याउने उत्पादन वृद्धि र रोजगार सिर्जना गर्ने परियोजनालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उहाँले भन्नु भयो –‘पालिकाले विकासका कार्यलाई तिव्रता दिन राजश्वको करको दायरा वढाई दर घटाउनु पर्नेमा जोड दिनु भयो ’ ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो– विश्वमा नभएको विकास कार्य प्रदेश सरकारले पाँच वर्षको अवधिमा आठ सय किलोमिटर सडक कालोपत्रे गरेकोले सङ्घीयताको आलोचनाको कुनै अर्थ नरहेको रहेको प्रष्ट पार्नु भयो ।
उहाँले प्रदेश सरकार निर्माण पश्चात पालिकासँगको सहकार्यमा सयौं पुल, दुई सय झोलुङ्गे पुल,सामूदायिक भवन, विपद् व्यवस्थापन अन्तर्गत वाढी, पहिरो आगलागी नियन्त्रण अभ्यास र शहर जोड्ने ग्रामीण सडक निर्माण गरेको तथ्याङ्क सार्वजनिक गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –सङ्घीय सरकारले प्रदेश र पालिकालाई वित्तीय बाँडफाँड अन्तर्गत १५÷ १५ प्रतिशत रकम दिने कानूनलाई परिवर्तन गरी प्रदेश र पालिकामा ७० प्रतिशत गराउनु पर्नेमा जोड दिनु भयो ’ ।
सङ्घकी प्रदेश उपाध्यक्ष उर्मिला राईले पालिकाका जनप्रतिनिधिहरुले जनतालाई विकासको अनुभूति गराउनुपर्ने विचार राख्नु भयो ।
गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष ताराबहादुर काफ्ले प्रतिवेदन पेश गर्नु भएको थियो । अधिवेशनमा प्रदेशका ८८ पालिकाका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ । अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रतिक्रिया