अमेरिका भ्रमणमा रहेकी प्रेस चौतारी नेपालकी सचिव तथा सञ्चारिका समूहकी केन्द्रिय सदस्य लोग्सरी कुँबरसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले संक्षिप्त भेटघाट

इनेप्लिज २०७९ चैत १४ गते १०:३५ मा प्रकाशित

ड्यालस (टेक्सस) । हाल अमेरिका भ्रमणमा रहेकी प्रेस चौतारी नेपालकी सचिव तथा सञ्चारिका समूहकी केन्द्रिय सदस्य लोग्सरी कुँबरसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले संक्षिप्त भेटघाट गरेको छ ।

टेक्ससको युलेस स्थित ठमेल वियर गार्डेन रेष्टुँरामा भएको कार्यक्रममा नेजाका अध्यक्ष विकासराज न्यौपानेले स्वागत गर्दै अमेरिकामा रहेका नेपाली पत्रकारिताको स्थितीका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा नेजाका सल्लाहकार सञ्जय घिमिरेले पनि कुँबरलाई स्वागत गर्दै नेपाली पत्रकारिताको अवस्थाका बारेमा चासो राखेका थिए ।

त्यस अवसरमा कुँबरले अमेरिकामा यतिका धेरै पत्रकारहरु भेट्दा खुशी लागेको उल्लेख गर्दै पेशागत क्षमता अभिवृद्धिमा नेजासँग सहकार्य गर्न इच्छुक रहेको बताइन् । उनले आफ्नो पत्रकारिताको प्रवेशदेखि लिएर अहिलेसम्मको अवस्थाका बारेमा पनि जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संयुक्त राष्ट्र संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा उनी अमेरिका आएकी हुन् । यसक्रममा पहिलोपटक अमेरिकामा रहेका पत्रकारहरुसँग भेट्न पाउँदा खुशी व्यक्त गरेकी थिइन् ।

त्यस अवसरमा शैलेशराज आचार्य, तारा रावल, बाबुराम दाहाल, सोफिन थापा, रामचन्द्र भट्ट, लेखक विनोद रिजाल, भुपेन्द्र न्यौपाने लगायतको सहभागिता थियो ।

प्रतिक्रिया