विराटनगर,१३ चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगले आज आर्थिक बर्ष २०७८ः७९ को बार्षिक प्रतिवेदन बुझाइएको छ ।
प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक समारोह बीच आयोगका सदस्य टुन्जे बराइली सहितको टोलीले उक्त्त प्रतिवेदन वुझाउनु भएको हो ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको वार्षिक प्रतिवेदन वुझाइएको हो ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै दलितप्रति हुने भेदभाव मुलुकको ठूलो समस्या भएको हो भन्दै समाजमा जनचेतना जागृत गराई यसको न्युनिकरण गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले छुवाछृत , विभेद र अन्याय अत्याचार समाजबाट उन्मुलन नहुनु यो नराम्रो पक्ष भएको चर्चा गर्दै संविधान, ऐन र कानूनको कार्यान्वयन गरी विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।
आयोगका सदस्य बराइली मुलुकमा एक्काइसौं शताब्दिमा समेत दलित भएको कारण अपहेलित , कुटिनुपर्ने, मारिनुपर्ने जस्ता घटना घट्नु दुःख लाग्दो रहेको चर्चा गर्नु भयो ।
प्रतिक्रिया