क्यानेडियन नेवाः गुठि द्वारा छैठौं बिस्व नेवाः दिबस बिबिध कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०७९ चैत १२ गते २३:५१ मा प्रकाशित

टोरोन्टो, छैठौं बिस्व नेवाः दिबसको अबसरमा क्यानेडियन नेवाः गुठिले बिबिध कार्यक्रम सहित सो दिबस मनाएको छ । कार्यक्रमको सुरुमा “मिसा पुचः”का रंजना सैन्जु , डा. रिद्दि प्रधान लगायतका सदस्यहरुले सामुहिक रुपमा कलात्मक पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरिएको थियो । उदघाटन कार्यक्रम पछी गुठिका कोषाध्यक्ष राजेन्द्र महर्जनले नेवाः सस्कृति, भाषा, परम्परा लाई माया गरि कार्यक्रम उपस्थित हुनु भएकोमा सबैलाई स्वागत गर्नु भयो।

कार्यक्रममा बोल्नु हुदै नेपलिज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष ई. किरोज श्रेष्ठले यस छैठौं बिस्व नेवाः दिबसको कार्यक्रममा सहभागि हुन पाएकोमा खुसी ब्यक्त गर्नु हुदै नेवाः सस्कृति, भाषाको सम्बर्द्दनको लागि शुभकामना ब्यक्त गर्नु भयो ।गुठिका जेष्ठ एबम आजिबन सदस्य लक्ष्मण श्रेष्ठले नेपाल भाषाको महत्व बारे बोल्नु हुदै घर घरमा आफ्ना छोरा छोरीहरुसंग नेपाल भाषामा कुरा गरेमा भाषाको बिकास हुने बिचार ब्यक्त गर्नु हुदै छैठौं बिस्व नेवाः दिबसको उपलक्ष्य मा सबैलाई शुभकामना ब्यक्त गर्नु भयो ।

शुभकामना मन्तब्य पछि गुठिका कार्य समिति सदस्य डा. कृष्ण कायस्थले नेवाः सस्कृतिको महिमा, यसको सम्बर्द्दनको आबश्यक्ता तथा हाम्रो दायित्व बिषयमा केन्द्रित रहेर सन्देशमूलक कबिता बाचन गर्नु भएको थियो।

नेवाः सस्कृतिका बिबिध पक्ष अन्तरगत नेवाः घर निर्माणमा प्रयोग गरिने “त्वनासिं” (टुँडाल)को बिषयमा बोल्नु हुदै गुठिका कार्यसमिति सदस्य डा. प्रज्वल प्रधानले यसको प्रयोगले घर भूकम्प निरोधमा सहयोग हुने बताउनु भयो । नेवाः घर निर्माण प्रक्रिया परापूर्ब काल देखिनै बिज्ञान सम्मत रहि आएको बताउनु हुदै ढलान को ब्यबस्था नभएको बेलामा त्वनासिं लाई तान्त्रिक माध्यम बाट स्वर्ग, मर्त्य , पातालको गरि तीन तहमा बिभाजन गरि मर्त्य लोकको संरक्षणार्थ प्रयोग गर्दै आएको हालैको अनुसन्धान बाट जानकारीमा आएको बताउनु भयो।

सो कार्यक्रम पछि नेवाः सस्कृति, साहित्य, सम्पदा, भाषा, जात्रा,संगीत बिषयक सामुहिक हाजिरी जवाफ कार्यक्रम गरि उपस्थित सबैलाई सहभागिताको मौका प्रदान गरिएको थियो भने ठीक उत्तर दिने महानुभाब हरुलाई उपहार पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा गुठिका उपाध्यक्ष उत्तम माकःजुले नेवाः समुदायले भोजमा प्रयोग गरिने लपेश तथा झोल पदार्थ राख्ने ब्वहता तथा दोल्चा लगायतको बारे बोल्नु हुदै यसको महत्व खाना राख्ने थालको रुपमा मात्र नभई आर्थिक , पर्याबरणिय, सामाजिक, औषधिय , रासायनिक एवम धार्मिक कारण पनि रहेको बताउनु भयो। नेवाः समुदायको खाना , जात्रा, प्रयोग गरिने थाल हरु बाताबरण मैत्री हुने बताउनु हुदै सालको पातको लपेसले प्लास्टिक जस्तै बाताबरण प्रदुषण नगर्ने बताउनु भयो। खाना लपेसमा राखेर खादा चिल्लो , पिरो, अमिलो खानाको स्वाद पनि मौलिक स्वादमानै रहि रहने बताउनु हुदै पहिला बिफरका रोगिहरुलाई सालको पातको पंखा बनाई हम्काउने चलन रहेको पनि उहाँले स्मरण गर्नु भयो।

औपचारिक कार्यक्रम पछि पाहुनाहरुको मनोरन्जनार्थ “मिसा पुच”को संयोजनमा सामुहिक रुपमा प्रसिद्द “सालुगु गाचा साले मते” गीत मादल तथा तिन्छुको तालमा प्रस्तुत गरिएको थियो भने उत्तम माकःजु, सुरेन्द्र श्रेष्ठ, नरेश ताम्राकार, डा. प्रज्वल प्रधान, प्रतिक प्रधान, सबिना शाक्य, अमृत श्रेष्ठले नेपाल भाषाका गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै गरि सहभागिहरुको सहभागितामा सामुहिक धिमे नृत्य पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अन्त्यमा गुथिका सचिब सुमन राजबन्सीले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने तथा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो भने पाहुनाहरुलाई सेल रोटी लगायतका खाना सहितको चियापान गराइएको थियो ।कार्यक्रममा बृहत्तर टोरोन्टो क्षेत्रका नेवाः तथा नेपाली समुदायको सहभागिता थियो भने कार्यक्रमको फोटोहरु खिच्न एन. के. फोटोग्राफीका कृष्ण श्रेष्ठले सहयोग गर्नु भएको थियो।

फोटो श्रोतः कृष्ण श्रेष्ठ, एन. के. फोटोग्राफी

प्रतिक्रिया