हलिवुड अभिनेता जोनाथन मेजर्स न्यूयोर्क शहरमा घरेलु हिंसाको आरोपमा पक्राउ

इनेप्लिज २०७९ चैत १२ गते २०:५९ मा प्रकाशित

हलिवुड अभिनेता जोनाथन मेजर्स न्यूयोर्क शहरमा घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन ।

अभिनेता जोनाथन मेजर्सलाई शनिबार बिहान न्यूयोर्क शहरमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको अधिकारीहरूले बताए । ३३ वर्षीय अभिनेतालाई घाँटी थिचेको, आक्रमण र उत्पीडनको आशंकामा हिरासतमा लिइएको न्यूयोर्क प्रहरी बिभागले सिबिएस न्यूजलाई उपलब्ध गराएको विज्ञप्तिमा जनाईएको समाचार प्रकाशित गरेको छ ।

न्यूयोर्क प्रहरी बिभागका अनुसार अधिकारीहरूलाई चेल्सी छिमेकको एउटा आवासगृह (अपार्टमेन्ट)बाट बिहान ११:१४ मा ९११ मा प्रहरीलाई खबर गरिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार मेजर्स एक ३० वर्षीय महिलासँगको संलग्नता रहेको “घरेलु विवाद” भएको प्रहरीले ठहर गरेको थियो।

ती महिलाले अधिकारीहरूलाई आफूमाथि आक्रमण भएको बताएकी थिइन् । टाउको र घाँटीमा सामान्य चोट लागेको अवस्थामा अस्पताल लगिएको प्रहरीले भने। उनी स्थिर अवस्थामा थिइन् ।

उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया