अमेरिकाको जर्जियाको एक निकुन्जमा घुम्रपात( टोर्नाडो) समयमा भागेका २ बाघ पुनः कब्जामा

इनेप्लिज २०७९ चैत १२ गते १६:०६ मा प्रकाशित

अमेरिकाको जर्जियाको एक निकुन्जमा घुम्रपात( टोर्नाडो)को समयमा भागेका २ बाघलाई पुनः कब्जामा लिइएको सिएनएनले समाचार लेखेको छ । जर्जिया सफारी निकुञ्ज (पार्क)मा घुम्रपात (टोर्नाडो) आएको समयमा भागेका २ बाघलाई पुनः समातिएको निकुञ्जले जनाएको छ।

आइतवार बिहान सामजिक संजाल मेटा (फेसबुक ) प्रकाशन गर्दै पाइन माउन्टेन जर्जियामा रहेको वन्यजन्तु (वाइल्ड एनिमल) सफारी उद्यानले घुम्रपात( टोर्नाडो)ले व्यापक क्षति पुर्याएको लेखेको छ ।

कुनै कर्मचारी वा जनावरहरू घाइते भएनन्, तर धेरै जनावरहरूको घेरा तोडिएको थियो । र ,दुई बाघहरू छोटो समयका लागि भागेका थिए,” निकुञ्जले भन्यो ।

जर्जियाको उक्त निकुञ्ज २५० एकड जमिनमा ७५ भन्दा बढी प्रजातिका जनावरहरू राखिएका छन ।

निकुञ्जले सामाजिक संजालमा आइतबारका लागि बन्द रहेको घोषणा गरेको छ । जर्जियाका केही भागहरूका लागि दक्षिणपूर्वी ट्रप काउन्टी सहितको घुम्रपात (टोर्नाडो) चेतावनी जारी गरेपछि आँधी आएको हो।

काउन्टीका अधिकारीहरूले उक्त क्षेत्रलाई गम्भीर मौसमले प्रभावित गरेपछि रूखहरू र बिजुलीका खम्बाहरू ढालेको शेरिफको कार्यालयले आइतबार बिहान सामाजिक संजाल मार्फत जानकारी दिएका छन ।

काउन्टी एटलान्टाको लगभग ७० माईल दक्षिणपश्चिममा अवस्थित छ।

.

प्रतिक्रिया