पोखरामा प्रहरी कार्यालयकै अगाडीको घरबाट २१ तोला भन्दा बढी सुन चोरी भयो भनेपछि – भिडियो रिपोर्ट

इनेप्लिज २०७९ चैत १० गते २१:४६ मा प्रकाशित

पोखरा महानगरपालिका वडा न ४ गैर्हापाटन प्रक्री कार्यालयकै अगाडीको घरमा २१ तोला भन्दा बढी सुन चोरी भएको जानकारी आएको छ ।

बेलुकाको समयमा घरभित्रबाट च्यानल गेट लगाएर घरका मानिसहरु सुतेका थिए । बिहान उठेर एक्कासी हेर्दा चोरले झ्यालको जालीको तल र माथी सानो प्वाल बनाएर जाली भएको झ्याल खोलेर कोठामा छिरेको भेटिएको छ ।

चोरी भएको कोठामा साचो लगाएकै भए पनि चोरले झ्यालको जाली च्यातेर छिरेको हो । घरको ओरीपरी हेर्दा कतैबाट पनि घरमा आउँन नमिल्ने भएको कारणले चोर च्यानल गेट बाटै आएको हुन् सक्ने अनुमान घरबेटी आमाले लगाउनु भएको छ ।

घरको दराजमा सुन राखिएको कुरा बाहिरको कसैलाई थाहा नभएको हुनाले यो घटना कसरी भयो भन्नेमा सबै यति बेला चकित छन् । प्रहरीले बिभिन्न मानिसहरुलाई अनुसन्धानको लागि ल्याएको भए पनि ठ्याक्कै चोर्ने को हुन् र कति चोरी भयो भनेर बाहिर ल्याउन भने सकेको छैन ।

यस बिषयमा अनुसन्धान भैरहेको कास्की प्रहरीले बताएको छ । हेर्नुहोस् भिडियोमा कसरी भयो चोरी कहा थियो यति धेरै सुन भन्ने बारेमा तयार पारिएको एक रिपोर्ट

प्रतिक्रिया