विराटनगर,१०चैत । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगंगाका कुलपति हिक्मतकुमार कार्कीले योगशिक्षाको वारेमा जनतामा चेतना जागृत गराउनु आवश्यक्त्तता भएको बताउनु भएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाद्वारा शुक्रबार विराटनगरमा आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभावपारी स्वस्थ्य जीवन यापन गर्न सकिने विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले आजका युवा पुस्तालाई योग र आहार सम्वन्धमा ज्ञान प्रभाव गरेको अस्पताल निर्माण भन्दा उपलव्धि मुलुक हुने बताउनु भयो ।
उहाँले प्राविधिक विश्वविद्यालयले योगशिक्षा अध्यापन सम्बन्धमा दक्ष शिक्षक र यहाँवाट उत्पादन हुने जनशक्ति बजारमा जोड्ने विषयमा आवश्यक विषयमा वृहत छफलफल एवं अध्ययन गर्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले योगशिक्षाबाट नागरिकहरु स्वस्थ्य भएमा मात्र देश विकासमा सघाउ पुग्ने विचार राख्नु भयो ।
प्रदेश सरकार नागरिकलाई स्वस्थ्य राख्नका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका सम्वन्धमा अध्ययन अध्यापन गराउने सामथ्र्यले पुगेसम्म विश्वविद्यालयलाई सहयोग गर्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
विश्वविद्यालयका उपकूलपति सुभाषश्री पोखरेलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारीको व्यवस्थामा लाग्ने बताउनु भयो ।
प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले मुलुकमा आवश्यक पर्ने प्राविधिकतर्फको जनशक्ति उत्पादनमा विश्वविद्यालयले थप अनुसन्धान गर्नुपर्नेमा सुझाव दिनु भयो ।
सो अवसरमा डा जनक बस्नेतले प्राकृतिक चिकित्सा तथा योग विज्ञान , डा दिपेन्द्र श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने उच्च शिक्षाको शैक्षिक पाठ्यक्रम निर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया