टेक्ससको ह्युस्टनमा बन्धक बनाईका १ आप्रवासीको मृत्यु ,३ जना आप्रवासीको उद्धार

इनेप्लिज २०७९ चैत १० गते २:०६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा बिहीबार एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना आप्रवासीलाई बन्धक अवस्थाबाट उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

उत्तरी ह्युस्टनमा भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएपछि एक दिन लामो बन्धक अवस्था बिहीबार समाप्त भएको एफबीआईले जनाएको छ।

उक्त व्यक्तिको पहिचान भै नसकेको एफबीआईले जनाएको छ । एफबीआईले ग्रीन्सपोइन्ट क्षेत्रको बेल्टवे ८ को छेउमा रहेको अतिथि गृह (मोटेल)मा उद्धार कार्य भएको जनाएको छ। एफबीआई अधिकारीहरूले यो घटना धेरै दिनसम्म चलेको कारवाईको परिणाम भएको बताए।

एसोसिएटेड प्रेसका अनुसार एफबीआईले छिमेकी काउन्टीमा अपहरण गरिएका तीन आप्रवासीहरूलाई कसरी बचाउने भन्ने कुरा पत्ता लगाउन वालर काउन्टी सेरिफको कार्यालयसँग काम गरिरहेको थियो।

सबै बन्धकहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको र कुनै पनि एफबीआईका जासुस( एजेन्ट)हरू घाइते नभएको जनाईएको छ । एपीका अनुसार आप्रवासीहरूलाई मार्च १८ मा वालर काउन्टीको अन्तरराज्य १० मा अज्ञात समूहले रोकेपछि उनीहरूलाई अपहरण गरिएको थियो। त्यसपछि उनीहरूलाई अर्को गाडीमा लागेका थिए ।

प्रतिक्रिया