टिकटकका प्रमुख शो जे च्यूले अमेरिकी कंग्रेसमा भएको सुनुवाइमा करिब पाँच घण्टा प्रश्नउत्तरमा बिताए

इनेप्लिज २०७९ चैत ९ गते २२:५९ मा प्रकाशित

टिकटकका प्रमुख शो जे च्यूले अमेरिकी कंग्रेसमा भएको सुनुवाइमा करिब पाँच घण्टा प्रश्नउत्तरमा बिताए ।

वाशिंगटन रिपब्लिकनकी सांसद क्याथी म्याकमोरिस रोजर्स गृह ऊर्जा तथा वाणिज्य समितिका अध्यक्षले बिहीबारको सुनुवाई शोलाई “तपाईको टिकटक प्रतिबन्धित हुनुपर्छ भन्दै सरुवात गरेकी थिइन् ।

च्युले आफ्नो जवाफ तथा बयानलाई चीनबाट टिकटकको स्वतन्त्रता र यसको अमेरिकी सम्बन्धलाई बलियो बनाउन प्रयोग गरे भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । “टिकटक मुख्य भूमि चीनमा उपलब्ध छैन, हाम्रो मुख्यालय लस एन्जलस र सिंगापुरमा छ, र हामीसँग आज अमेरिकामा ७,००० कर्मचारीहरू छन्,” उनले आफ्नो प्रारम्भिक भनाई राख्ने क्रममा भने ।

“तैपनि, हामीले अमेरिकी तथ्यांकमा अनावश्यक विदेशी पहुँच र टिकटक युएस इकोसिस्टम(पारितन्त्र )को सम्भावित हेरफेरको सम्भाव्यताको बारेमा महत्त्वपूर्ण चिन्ताहरू सुनेका छौं,” च्युले भने । टिकटक चीनमा काम गर्दैन ,उनले जवाफ दिए ।

टिकटक चिनियाँ कम्युनिष्ट पार्टी( दल )को एउटा हतियार हो जुन तपाइहरुको जासुसी गर्न, तपाईहरुले देखेको कुरालाई हेरफेर गर्न र भावी पुस्ताका लागि शोषण गर्नको लागि हो भन्दै टिकटकका प्रमुखलाई सांसद म्याकमोरिस रोजर्सले उनलाई प्रश्न गरे ।

क्यालिफोर्निया डेमोक्र्याटिक दलका जन प्रतिनिधि अन्ना एशुसँगको आदानप्रदानमा च्युले अमेरिकी प्रयोगकर्ताको तथ्यांक सुरक्षित गर्न टिकटकको जारी प्रयासहरूको बारेमा कुरा गरे र उनले चिनियाँ सरकारले त्यो तथ्यांक पहुँच गरेको कुनै प्रमाण नदेखिएको उनले बताए ।

उनले अगाडी भने तिनीहरूले हामीलाई कहिल्यै मागेका छैनन्, हामीले यो प्रदान गरेका छैनौं । “हामीले संकलन गरेको कुराको बारेमा हाम्रा प्रयोगकर्ताहरूसँग धेरै पारदर्शी हुन प्रतिबद्ध छौं,” च्युले भने।

४० वर्षीय च्यु युनिभर्सिटी कलेज अफ लन्डन र हार्वर्ड बिजनेस स्कूल(बाणिज्य बिश्वबिद्यालय )का बिधार्थी थिए भने यहीबाट उनले अध्ययन पूरा समेत गरेका थिए ।

प्रतिक्रिया