क्यालिफोर्नियामा घुम्रपात ,बाढी र भिषणबर्षको कारण कम्तिमा ५ जनाको मृत्यु

इनेप्लिज २०७९ चैत ९ गते ११:२९ मा प्रकाशित

दक्षिण क्यालिफोर्नियामा आएको घुम्रपात( टोर्नाडो) ,बाढी र भीषण बर्षाको कारण कम्तिमा ५ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

राज्यमा आएको घुम्रपात( टोर्नाडो)बाट रुख ढलेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

यस हप्ताको खतरनाक आँधीबेहरीसँग सम्बन्धित सशक्त हावा र वर्षा दक्षिणपश्चिममा जानु अघि बुधबार कम भएको मौसम सेवाले जानकारी गराएको छ ।

बुधवार राज्यमा दुईवटा घुम्रपातको पनि पुष्टि भएको छ भने क्यालिफोर्नियामा यो दुर्लभ घटना हो।

पहिलो पुष्टि मङ्गलबार सान्टा बारबराबाट ११ माईल पूर्वमा रहेको समुद्रीतट समुदाय कार्पिन्टेरियाको स्यान्डपाइपर गाउँ घुम्ती घर भएको स्थानमा घुम्रपातआएको थियो । त्यहाँ ७५ माइल प्रति घण्टाको हुरी आएको २५ वटा घुम्ती घरहरु क्षतिग्रस्त भएका छन् । त्यो क्षेत्रमा कम्तिमा १ लाख २० हजार घरमा बिजुली बिच्छेद भएका छन् ।

अधिकारीहरूले बुधबार साँझ पनि क्षतिको निर्धारण गरिरहेका छन् भने त्यहाँ भवनहरूमा पनि क्षति पुगेको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ ।

प्रतिक्रिया