न्यायाधीशद्वारा न्यूयोर्कका महान्यायाधिवक्ताको नागरिक सुनुवाई ढिलाइ गर्न ट्रम्पको कानूनी टोलीको अनुरोधलाई अस्वीकार

इनेप्लिज २०७९ चैत ८ गते ०:५० मा प्रकाशित

न्यायाधीशले न्यूयोर्कका महान्यायाधिवक्ताको नागरिक सुनुवाई ढिलाइ गर्न पूर्व राष्ट्रपति डोनाल्डको कानूनी टोलीको अनुरोधलाई अस्वीकार गरेका छन् ।

“साधारण देखिने मुद्दा” लाई स्थगित गर्न आवश्यक छैन ,न्यायाधीशले भने।

एक न्यायाधीशले मंगलबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका जेठा छोराछोरी र उनको सँस्था विरुद्ध न्युयोर्क महान्यायाधिवक्ता लेटिटिया जेम्सद्वारा दायर गरेको नागरिक मुद्धाको लागि सुनुवाईको लागि मिति सार्न अस्वीकार गरेका छन् ।

उनीहरूले ट्रम्पको घर जग्गाको मूल्य बढाएर बैंक र बीमाकर्ताहरूलाई ठगेको आरोप लगाईएको छ ।

ट्रम्पको कानुनी टोलीले ढिलाइ गर्न खोजेको थियो तर न्यायाधीश आर्थर एन्गोरोनले साधारण देखिने साधारण मामला भनेर स्थगित गर्नु आवश्यक नपर्ने बताए ।

सुनुवा अक्टोबर २ मा सुरु हुने तय गरिएको छ भनि एबिसीले समाचारमा उल्लेख गरेको छ । ट्रम्पका वकिलहरूले ३० भन्दा बढी साक्षीहरूबाट बयान लिन अदालतको अनुमति पनि मागे ।

प्रतिक्रिया