नेपालका राष्ट्रिय क्रिकेट खेलाडी राजवंशी र कँडेललाई नगदसहित सम्मान

इनेप्लिज २०७९ चैत ७ गते २१:५० मा प्रकाशित

विराटनगर,७ चैत । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज यहाँ नगद सहित सम्मान गरेको छ।

महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजार सहित सम्मान गर्नु भएको छ ।

राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरिएको बताउँदै उहाँले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने विचार राख्नु भयो ।

महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतल खेलाडी देशका लागि गौरव भएको विचार राख्नु भयो ।

सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन वहादुर सिह, राजवंशीका वुवा आमालाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया