केन्टकीबाट सुरु भयो एनआरएनको मेम्बरसीप ड्राइभ अभियान

इनेप्लिज २०७९ चैत ७ गते २१:३८ मा प्रकाशित

केन्टकी, अमेरिका / गैर आवासीय नेपाली सङ्घ अमेरिकाको मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई सुरु गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक दिलु पराजुलीले सदस्यता वितरण अभियानको केन्टकीबाट १९ मार्चमा एक समारोह विच सुरु गरे ।

सदस्यता खुल्ला गरेको तीन सातामा एक सय बीस जनाले मात्र आवेदन दिएको बताउदै संयोजक पराजुलीले आफु बस्दै आएको राज्य केन्टकीको लेक्जिन्टन शहरबाट बाट विषेश अभियान शुरु गरेका हुन् ।

मेम्बर सीप ड्राइभ कमिटीका चेयर पराजुलीले मातृभूमि नेपाललाई संगठन मार्फत एकजुट भएर योगदान गर्न संस्थाको सदस्य बन्न आबश्यक रहेको बताए ।

उनले विगतको भन्दा धेरै सदस्य बनाउने गरि लागिपरेको बताए । अमेरिका अहिले विश्वमा नै धेरै सदस्य रहेको एनसीसी हो । बीस हजार भन्दा बढी अहिले एनआरएनए अमेरिकाको सदस्य छन् । यो सदस्यता विस्तार कार्यक्रम लिएर उनी नेपालीहरु बसोबास गर्ने अरु शहरमा भ्रमण गर्दै छन् ।

कार्यक्रममा नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराईको सहभागिता रहेको थियो ।

त्यसैगरि स्थानीय समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल, सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

एनआरएनए अमेरिकाले मार्च ६ तारिक देखि सदस्यता खुल्ला गरेको थियो । एनआरएनए अमेरिकाको सदस्यता लिन अनलाइनबाट मात्र सम्भव छ । सदस्यता लिने अन्तिम दिन मे महिना को १५ तारिख सम्म तोकिएको बताइएको छ । उपाध्यक्ष एवं सदस्यता विस्तार कमिटीका संयोजक पराजुलीले गैरआवासीयहरुको विश्वास भयो भने आफु भावी नेतृत्व लिन समेत पछि नपर्ने बताए । उनले भने, ‘सबैको साथ सहयोग भएमा आगामी नेतृत्वको दौडमा आफुलाई सामेल गरेर अघि बढ्नेछु ।’

प्रतिक्रिया