छैटौं निफमा ‘हास्यव्यङ्यले हौसिएको नेपाली सिनेमा’ माथि बहस

इनेप्लिज २०७९ चैत ७ गते ११:२६ मा प्रकाशित

२०७९।१२।०६ गते अर्थात समापनको दिन सम्पन्न पहिलो सेसन छैटौं निफमा ‘हास्यव्यङ्यले हौसिएको नेपाली सिनेमा’ माथि बहस वक्तहरुः लक्ष्मण गाम्नागे, मनोज गजुरेल, डा. बिन्दु शर्मा र प्रदिप भट्टराई । सञ्चालकः धिरेन्द्र प्रमर्षि

चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को पाँचौं तथा अन्तिम दिन आज ‘हास्यव्यङ्यले हौसिएको नेपाली सिनेमा’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा सिस्नुपानीका नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यङ्य अभिनेता मनोज गजुरेल, समालोचक डा. बिन्दु शर्मा र निर्देशक प्रदिप भट्टराई हुनुहुन्थ्यो । सेसनको संयोजन धिरेन्द्र प्रमर्षिले गर्नुभएको थियो ।

सेसनमा कस्ले के भने ?
मनोज गजुरेल, हास्यव्यङ्य अभिनेता
– हास्यव्यङ्यमा विभिन्न उपविधा हुन्छन् । यी अधिकांशले वाहिरी हाँसो गराउँछन् । तर, म भित्रबाट हसाउने प्रयास गर्छु ।
– हास्यव्यङ्य हिसावको सुत्र होइन ।
– पत्रकारिता चौथो अंग हो भने हास्यव्यङ्य सर्वअंग हो ।
– पहिला म विद्यार्थी संगठनमा हुँदा त्यही संगठनको पक्ष र उसको विपक्षमा रहेकालाई हास्यव्यङ्य गर्दथेँ । त्यसोगर्दा तररर ताली बज्थ्यो । त्यही भएर मलाई हास्यव्यङ्य भनेको नै त्यही हो जस्तो लाग्थ्यो ।
– नायक नायिकाको अगाडि हास्यव्यङ्य कलाकारलाई कमेडियन भनेर सम्बोधन गर्दा पनि मलाई बेठिक लाग्दैन । विद्या र प्रस्तुति आआफ्नो हो ।
– नायक नायिकाको फोटो पत्रिकामा छापिन्छ, अनलाईनमा अपलोड हुन्छ । तर तिनीहरु निश्चित समयपछि कि च्यातिन्छन्, कि डिलेट हुन्छन् । तर व्यङ्यकारको विचार मान्छेको मनमस्तिस्कमा नमेटिने छाप भएर बस्दछ ।

लक्ष्मण गाम्नागे, अध्यक्ष सिस्नुपानी नेपाल
– संसारमा दुखका कुरा धेरै छन् । रुने कुरा धेरै छन् । तर हास्ने कुरा कम छन् । त्यसकारण यो अफ्टेरो विधा हो ।
– हाम्रा नेताहरुले जतिधेरै खरावकुरा गर्छन्, त्यती नै हास्यव्यङ्यको खुराक बन्छन् ।
– कसैलाई पिरमर्कामा नपारी हास्यव्यङ्य गर्न सजिलो छैन । तर, मेरो त मनमा नै त्यही भएकाले व्यक्तिगतरुपमा मलाई असजिलो छैन ।

प्रदिप भट्टराई, चलचित्र निर्देशक
– जुन चिजको माग छ, वजारमा त्यो चिजको अभाव छ भन्ने बुझिन्छ । अहिले हास्यव्यङ्यको माग छ । सायद यही कारण यस विधाका फिल्म चलेका हुन् ।


– समाजमा विकृती विसंगती धेरै भएकाले पनि यो विधा चलेको हो ।
– पहिला पहिला फिल्ममा हास्यव्यङ्य भनेको क्वाटिमा मासदाल र मस्याङ् मिसाएजस्तो हुन्थ्यो । अहिले हास्यव्यङ्य नै क्वाटि जस्तो भएको छ ।


– अहिले हास्यव्यङ्य फिल्म बक्सअफिसमा माथि छन् । फिल्म उठे तर फिल्मको धरातल उठ्यो कि उठेन भन्ने चाहिँ मुल प्रश्न हो ।

– डा. बिन्दु शर्मा, समालोचक
– हास्यव्यङ्य विषयलाई अत्यन्तै हलुका विषय बनाएर प्रस्तुत गरिन्छ ।


– महिलाले निर्देशन गरेपनि महिलाको आत्मसम्मान बढाउने काम भएको छैन । महिलाले पनि पुरुष सत्ता र पितृसत्ताको मानसिकता त्याग्न सकेको देखिदैन, फिल्ममा ।

प्रतिक्रिया