सरकारले लगानीले उत्पादकत्व वृद्धि हुनुपर्छ–मुख्यमन्त्री कार्की

इनेप्लिज २०७९ चैत ७ गते १०:४३ मा प्रकाशित

विराटनगर,७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानीले उत्पादकत्व वृद्धि हुनुपर्ने बताउनु भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्घठनको संयुक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नं गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्यरुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यून , आयात प्रतिस्थापन , रोजगारको प्रवन्ध गर्नुपर्ने प्रष्ट पार्नु भयो ।

उहाँले सरकारले निर्माण गर्ने संरचना सौदन्र्यकरण भएमा आम नागरिकले प्रचार प्रसार गरि गर्वको अनुभूति गर्ने विचार राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँच भित्र गरिने विकासका कार्यहरुमा जनताले छुने, देख्न र हेर्न सक्ने अनुभूति गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

उहाँले सरकार अव कुनै किसिमको अलमलमा नलाग्ने बताउँदै सरकारको थैलीको आकारको आधारमा विकास निर्माणलाई प्राथमिकता तोकि कार्य गर्ने चर्चा अव सरकारले विकासका कार्यहरु उद्घाटन, हस्तान्तरण र जनताको अनुभूति गर्ने चरणमा जाने बताउनु भयो ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाँईले प्रदेशमा विकासका कार्यले गति लिने कार्य शुरु भएको छ भन्दै प्रदेशको विविध क्षेत्रको झल्को दिने गरि द्वारको निर्माण गरिने जानकारी दिनु भयो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भैरहेको र आगामी दुई बर्षभित्र जनताले नयाँ नगरको रुपमा अनुभूति गर्ने धारणा राख्नु भयो ।

शहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र, नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समय सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो ।

उक्त पुल एवं स्वागतद्वार निर्माणका लागि प्रदेश सरकारको ७० ,महानगरको २५ र सङ्घगठनको पाँच प्रतिशत गरी रु छ करोड २५ लाख २४ हजार ९४४ मा ह्यावीट्याट –आशिसदीप जेभी भद्रपुरले आगामी दुई बर्षभित्र सम्पन्न गर्ने जनाएको छ।

प्रतिक्रिया