प्रभुको निर्देशनमा गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७९ चैत ७ गते १०:३४ मा प्रकाशित

लन्डन : गायक राजकुमार सिंहले ‘बलेको आगो-२’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा छायांकन भएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् । गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

प्रेम र मिलनमा आधारित यस गीतको म्यूजिक भिडियोमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन् । राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ। हेर्नुहोस म्यूजिक भिडियो :

प्रतिक्रिया