विराट गोल्ड कप चैत ९ गतेदेखि –विजेतालाई रु २० लाख पुरस्कार

इनेप्लिज २०७९ चैत ६ गते २२:०६ मा प्रकाशित

विराटनगर,६ चैत । विराटनगरमा यही चैत ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पुरा भएको छ।

विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालिका समयमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका छ क्लव , भारतको एक र भुटानको एक क्लवले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपालका विभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लव केरला भारत र ड्रुक लयुल फुटबल क्लब भुटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उप विजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाषिश कोइरालाले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया