निर्वाचनको समिक्षा मिशन ग्रास रुट मार्फत गरिदै , एमाले नेता कार्यकर्ता गाँगाउँमा

वीरेन्द्र रावल २०७९ चैत ४ गते २०:३६ मा प्रकाशित

धनगढी चैत्र ४÷ स्थानीय,प्रदेश र संघको निर्वाचनमा एमाले पराजित हुनुको कारण पत्ता लगाउँदै संगठन सुदृढिकरण अनि विस्तार गर्ने कार्यलाई नेकपा एमालेले देश व्यापी बनाएको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरु यतिबेला देशका ७७ वटै जिल्लाका सबै स्थानीइ तहमा व्यापक रुपले मिसन ग्रासरुट कायृक्रम सञ्चालन गरिरहेका छन् ।

पार्टी संगठनलाइ बलियो बनाउन, आन्तरिक एकतालाइ बलियो बनाउन र पार्टी भित्र देखा परेका समस्यालाई समाधान गर्दै देसको एकमात्र बैकल्पिक शक्तिका रुपमा एमालेलाइ स्थापित गर्ने एमाले देस ब्यापी रुपमा मिसन ग्रास रुट कार्यक्रममा लागेको छ ।

नेकपा एमालेले देशब्यापी संचालन गरिरहेको मिसन ग्रासरुट अभियान कैलाली, कन्चपुर, डोटी, डडेल्धुरा लगायतका जिल्लामा केन्द्रिय प्रतिनिधि, प्रदेश, जिल्ला, गाउँस्तरका नेता कार्यकर्ताहरु जनताका माझ पुगिरहेका छन । कैलाली जिल्लामा एमालेका पोलिट्ब्युरो सदस्य निरुदेबी पाल, गणेश ठगुन्ना, केन्द्रिय सदस्य कमला बोहरा, इन्दु कडरिया र लाल बहादुर थापालाइ खटाएको छ ।

यस्तै कंचनपुर जिल्लामा पोलिट्ब्युरो सदस्य लिला भण्डारी, केन्द्रिय सदस्य झपट रावल लगायतका केन्द्रिय प्रतिनिधिलाई खटाएको छ । सुदूरपश्चिममा पनि तिब्ररुपले सन्चालन भैरहेका छन् ।

यसैबीच नेकपा एमाले कैलारी गाउँ पालिका अन्तरगत पर्ने वार्ड नम्बर ५ र छ मा संगठन सुदृढीकरण कार्यक्रम सप्पन्न भएको छ । ५ नम्बरमा भएको कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार कमिटीका सदस्य डिल्लीराज भट्टले प्रमुख अतिथी बक्ताको रुपमा कार्यकर्तालाइ प्रशिक्षण दिनु भएको छ । यस्तै सोही दिन नेकपा एमाले वार्ड ६ मा पर्ने बेनौलि टोल भेला समेत सम्पन्न भएको छ । सो टोल भेलाको प्रमुख अतिथी एमाले कैलाली सदस्य बिरेन्द्र बहादुर रावल रहनु भएको थियो । सो टोल भेलाले सेर बहादुर सावदको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी समेतगठन गरेको छ ।

कंचनपुरको लाल्झाडिमा सम्पन्न राना होलि विशेष तथा मिसन ग्रास रुट कार्यक्रममा बोल्दै पोलिट्ब्युरो सदस्य लिला भण्डारीले नेकपा एमालेले संचालन गरेको संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रमले एमालेलाइ थप बलियो बनाउने बताउनु भएको थियोे । स्थानीय निकाय ,संघ र प्रतिनिधि सभाको निर्वाचनमा भएका घात, प्रतिघातका कारक तत्व पत्ता लगाइ संगठनलाइ मजबुत बनाउने दिसामा सबै नेता कार्यकर्ता एकजुट हुनु पर्ने समेत बताउनु भएको छ । कैलाली र कंचनपुर जिल्लामा मिसन ग्रास रुट कार्यक्रममा स्थानीय जनता, पार्टी कार्यकर्ताले पार्टीलाई बलियो बनाउन आन्तरिक संगठन बलियो बनाउने अभियानलाइ निरन्तरता दिनु पर्ने सुझाव दिएका छन ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया