सर्बज्ञसँग साहित्यिक कुरा : शेखर ढुंगेलसँगको अन्तरवार्ता : शृंखला -३

इनेप्लिज २०७९ फागुन ३० गते २२:२५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार सर्वज्ञ वाग्लेले साहित्यकार शेखर ढुंगेलसँग गरेको साहित्यिक चर्चा :

परिचय – नेपालमा दिनानुदिन स्खलित हुँदै गएको बौद्धिकस्तर र त्यसले उब्जाएको बिकृति र विसंगति न्यूनीकरण गरि राष्ट्र प्रति जिम्मेवार र बिबेकसिल नागरिक र राज्य निर्माणको लागि “परिबर्तनका लागि बिबेकसिलता “(NORMS OF STRONG CIVIC SENSE ) पुस्तकका लेखक :

सर्बज्ञ : १) आजकल तपाई अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?

शेखर : दुवै बिषय नसा झैँ हुँदो रहेछ। प्रवासको कर्म स्वदेशको चिन्ता अनि जीवन यात्राका अनुभब लाइ कदम कदममा कलमको टुप्पोमा पुर्याएर बगाउने आदतनै बस्यो। लेखनको लागि अध्ययन गर्नै पर्यो। कर्म अध्ययन र जबर्जस्त लेखन दैनिकी बनेको छ। लेख्न र अध्ययन मात्र गर्न पाउने भाग्यमा हुन्थ्यो भने त् धेरै पुस्तक प्रकाशन भैसक्थ्यो होला। सम्भवत अब यो नसा हात र आँखाले साथ् दिए सम्म उत्रदैन होला। नसा थरि थरिका नसालु मायालु संगीत कला लेखन आदि इत्यादी ।

सर्बज्ञ : २) तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

शेखर : सरसर्ती हेर्दा साहित्य जीवन र दर्शन चेतना र सभ्यताका उपज हुन्। फरक रुपमा हेर्नु पर्दा म यस्तो मान्यता राख्छु। दर्शन एउटा ब्रमाण्ड हो साहित्य ग्रह भने जीवन तारा झैँ बर्गेली छन् क्षणिक र झर्छनअनि अस्तित्व समाप्त हुन्छ। तर दर्शन र साहित्य अजर अमर हुन्छन। एउटा निश्चित मृत्यु तर अनिश्चित यात्राको बिसाल कालखण्डको भोगाई पछी साहित्य सृजना हुन् थाल्छ। जीवन यात्रा भोगाई चेतना अभिवृद्धि र रुची लाइ प्रवाहित गर्दै गर्दा साहित्य जन्मने हुन्छ। जीवन यात्राको लामो फड्को नमारी दर्शन जस्तो ब्रमाण्ड बुझ्न सकिदैन र प्रतिपादन त् असम्भव नै हुन्छ

अझ स्पष्ट भन्नु पर्दा सामान्य मानिसको पहुचमा हुँदैन दर्शन प्रतिपादन मात्र अध्ययन हुन् सक्छ र ब्यबहारमा समेत असाधारण क्षमता चाहिन्छ। कतिपय कारण जस्तै सामाजिक आर्थिक र पेशाले “दर्शन”को त्यो गहिर्याईमा पुग्न सामान्य मानिस लाइ असम्भव हुन्छ भने साहित्य दुख पिडा गरिबी सम्वृद्धि प्रेम बिछोड घटना र स्वयमको सृजना क्षमताको पहुचको आधारमा जन्मने गर्छन। यस्तै जिवन र साहित्यको लामो र कठिन घर्षण पश्चात जन्मने नौनी लाइ समाजले “दर्शन “को रुपमा लिने गर्छ र त्यहि व्यक्तित्व लाइ सायद दार्शनिक भनिने गरिन्छ। त्यस्ता महामानव हरुको “दर्शन “अध्ययन गर्न सकिन्छ जस्तै बुद्ध दर्शन अध्ययन गर्न सकिन्छ तर बुद्ध बन्न सकिदैन। तसर्थ दर्शनको महाभारत र म जस्तो सामान्य पारिवारिक सामाजिक संगति बाट हुर्कदै र तदनुरुप बिकास भएको मानसिकताको साधारण जीवनको सामान्य मानिसको पहुच भनेको साहित्यका बिबिध विधामा मात्र हुन्छ। जीवन लाइ कसरि हेर्ने भन्ने बिषयमा यो त् चर्चित कथन “कुण्ड कुण्ड पानि मुण्ड मुण्ड”भने जस्तै हो जसले जस्तो भोग्छ त्यतै परिभाषा हुन्छ।

सृष्टिकर्ताले प्रत्यक लाई अलग कर्म भाग्य र भूमिकामा पठाएको हुन्छ। मानब जिवन सृष्टिकर्ताको नियमित र निरन्तरताको एउटा पक्षको भूमिका हो। दुख सुख पिडा अभाब गरिबी सम्बृद्धता जे छ त्यहि भूमिका हो जीवनको पाटो हो। सकारात्मक नकारात्मक जे रहे पनि त्यो सामाजिक चरित्र हो। जन्मनु हुर्कनु खानु लगाउनु सम्भोग गर्नु र सामाजिक रित पुरा गर्नु र अनिश्चित यात्राको गन्तब्य मृत्यु व्यहोर्नु सामान्य अर्थमा जीवन भनिन्छ वा ठानिन्छ भने त्यस भन्दा माथि उठेर फरक रहेर वा माथि उठेर साधारण बन्ने असाधारण क्षमताको चेत आर्जन संगै मानबिय सेवामा पहुच पुर्याउन सक्यौ भने त्यहि दर्शन बन्ने छ।

सर्बज्ञ : ३) तपाईंले अहिले निकाल्न लाग्नु भएको पुस्तकको नाम के के हो ? ती पुस्तकका बारेमा संक्षेपमा जानकारि दिनु हुन्छ कि ?

शेखर : तत्काल म ३ फरक पुस्तक प्रकाशनमा व्यस्त छु १ उमेरको भर्याङ्गको ३ विसा खुट्किलो चढेका ३ विसा चर्चित र बौद्धिक ब्यक्तितहरुको जो अबकास जीवन बाँची रहनु भएको छ त्यस्ता बिबिध क्षेत्रका व्यक्तित्व हरुको जीवनको अनुभव कस्तो रह्यो ? २० प्रकारका प्रशंहरु र वहाहरुको बिचार संकलन को पुस्तक प्रकाशित गरेर आउने पुस्ता लाइ बिगतको “शब्द स्वाद “चखाउने सोच हो। २ मेरो दोस्रो यात्रा स्मरण पुस्तक जुन नेपालको र भारतको बिबिध भौगोलिक र धार्मिक भ्रमणको बर्णन को पुस्तक यो भन्दा अगाडी सन् २००९ मा कंहा छ मेरो देश नामको यात्रा स्मरण प्रकाशित भएको थियो जुन अंग्रेजीमा रुपान्तरण गरि “BEAUTIFUL JOURNEY OF STRUGGLE ” नामको पुस्तक अमेरिकामा सन् २०१३ मा प्रकाशन भएको छ र बिभिन्न प्रतिष्ठानले बिक्रि गरि राखेका छन । गत बर्ष प्रकाशित “परिबर्तनका लागि बिबेकसिलता “पुस्तकको अंग्रेजी अनुबाद एबम प्रकाशन ।

सर्बज्ञ : ४) तपाईले साहित्य लेखन अध्यायन र काममा उत्तिकै व्यस्त हुनु हुन्छ । कसरि समय मिलाउनु हुन्छ ?

शेखर : माथि उल्लेख गरेझै यो एउटा नसा वा रुची हो। एक पेग पछी अर्को पेग झैँ एक पछी अर्को लेखौ लेखौ लाग्ने रहेछ। प्रत्यक दिन केहि लेख्न र बिस्व घटनाका बिषय हरुमा चासो राख्दै जाँदा अध्ययनले घिसारेर लैजान्छ। अध्ययन बिना कुनै धारणा बनाउन गलत हुन्छ कुनै बिषय उठान छ भने त्यसको गहिराइमा पुग्नु अनिबार्य हुन्छ। सानै उमेर देखि पाठ्य पुस्तक संगै बाहिरि पुस्तक पत्रिका खोजि खोजि अध्ययन गर्ने बानि हो। अध्ययन लाइ जीवनको अनिबार्य पक्ष ठानेर जोडिनु पर्छ भन्ने मान्यता राख्छु। बिना अध्ययन त् यो छोटो र तनावपूर्ण जीवन झन् जटिल र नकारात्मक बन्छ। अध्ययनले जीवन लाइ सहज बनाउन मद्धत गर्छ। उदाहरणको लागि तपाइँ बर्तमान बिस्व लाइ नजिक पुगेर नियाल्नुस त् !सवा सात अर्बको यो मानब महासागरमा तपाइँ कहा हुनु हुन्छ ?२ अर्ब भन्दा बढी मानिस बिहान बेलुकाको हात मुख जोर्न संकटमा छन् ४० करोड मानिस एक छाक मात्र खानको पहुचमा छन् भोकले दैनिक कति मानिस मर्छन ?तपाइँ नेपालमा जन्मेर अमेरिकाको एउटा कुनामा “रोजेर खाने “बर्गमा पाउँदा कति भाग्यमानि हुनु हुन्छ ? “लालच ” “पिडा”मुक्त मानब इस्वरले सृष्टि गरेको नै छैन। अन्यथा इस्वरको अस्तित्व कसले स्विकार्थ्यो र होइन । त्यसैले अध्ययन मेरो प्राथमिकतामा पर्छ। त्यस बाट प्राप्त रस लाइ समाजको लागि वितरण गर्ने प्रयास नै लेखन हो। यी दुवै बिषय लाइ निरन्तरता दिन “उर्जा’ को आबस्यकता हुन्छ त्यसको लागि काम गर्नु पर्यो। एक काम दुइ अधययन तिन लेखन मेरा प्राथमिकता हुन्। भ्रमण अर्को पाटो हो जहाँ इच्छा त्यहि उपाय भन्छन पुगेको छ

सर्बज्ञ : ५ ) तपाईलाई कुन ठाऊॅ मन पर्छ ? किन ?

शेखर : आफु जन्मेको हुर्केको यो जीवन लाइ यहाँ सम्म डोर्याउन मानसिक र शारीरिक उर्जा दिने त्यो सुगन्धित माटो त्यो स्वच्छ हावा त्यो मिठो पानि र त्यो स्वर्णिम समय बिताएको मेरो जन्मभूमि नेपाल नै बिस्वको सबै भन्दा सुन्दर भन्दा पनि सुन्दर बिसाल प्राकृतिक सौन्दर्यले पूर्ण हिमाल पहाड तराइ जस्तो अनुपम भूभाग बिस्वमै दुर्लभ बन्य जन्तु चरा चुरुंगी पुतली रहेको बिबिध भाषा भेष र धार्मिक आस्था र अनुहारको पारिवारिक संजाल रहेको सस्कृतिको खानि मन्दिर नै मन्दिर ताल नै ताल नदिने नदि हिमाल नै हिमाल भएको बुद्ध र बेदको उद्गम पबित्रभुमी बिस्वको १७ औ जेष्ठ र कहिले पराधीन न भएको देश नेपाल नै मेरो सबै भन्दा बढी मन पर्ने स्थान हो।

त्यस पछी अबसरको खोजि वा कर्मले डोर्याउदै पुर्याएको देश जापान अर्को मेरो मन पर्ने स्थान हो। मेरो “परिबर्तनका लागि बिबेकसिलता “पुस्तक लेखनको प्रेरणाको मूल स्रोत जापान हो। मैले बुद्धत्व लाइ अनुशरण गरेको बिस्वको एक मात्र देश जापान हो भन्ने मानेको छु। धर्म सस्कृति इतिहास सामाजिक परम्पराको सम्मान बिज्ञान र प्रविधिको विकास भाषाको संरक्षण “समान मानबिय मूल्य र मान्यताको मर्म “को ब्यबहार श्रम र श्रमिक को सम्मान र मर्यादा धेरै बिषय छन् सिक्नु पर्ने प्राकृतिक रुपले पनि मन पर्छ। संक्षिप्तमा भन्नु पर्दा स्थान बिशेष कारण बिशेषले मन पर्ने हुन्छन ,जस्तै जन्मभूमिको कारण माथि उल्लेख गरे झैँ ब्यबसायको कारण अस्ट्रेलिया को केहि बर्ष पनि अविस्मरणीय र मन पर्ने बन्यो अब पहुचको ३ दशक नाघेको कर्म भुमि अमेरिकाको मन पर्ने कारण बर्णन झनै लामो हुन्छ।

सर्बज्ञ : ६ ) खाली समय कसरी बिताउनु हुन्छ ?

शेखर : हाहाहाहा जीवनमा खालि समय भन्ने हुन्छ र ? यी माथिका प्रश्न हरुको जवाफ बाबजुद खालि समयको अर्थ तपाइको इशारा बुझ्दा बिदाको दिन भन्न खोज्नु भएको हो भने साप्ताहिक कपडा धुलाई धुलो सफाई गर्छु। साप्ताहिक गाँसको समान खरिदको लागि पसल धाउछ। त्यस पछि पनि समय रह्यो भने मौसम अनुसार सम्भाव्य पहुचको स्थान भ्रमण गर्छु म गाडी चलाउन लामो बाटो तय गर्न सौखिन छु क्यालिफोर्निया कोलोराडो नेब्रास्का ,नेब्रास्का टेक्सास ,नेब्र्स्का सिकागो न्यु हेम्प्सार ,न्यु हेम्प्सार टेक्सास ,न्यु हेम्प्सर नर्थ क्यारोलिना ,क्यालिफोर्निया न्यु हेम्प्सार जस्ता अमेरिकाका पुर्ब पश्चिम उत्तर दक्षिण लामो लामो सडक यात्रा गाडी चलाएर तय गरेको छु। नेपालमा उपत्यका देखि चितवन लुम्बिनी पाल्पा पोखरा ,उपत्यका पोखरा रेसुंगा (गुल्मी ),काठ बिपी मार्ग हुँदै इलाम ,रसुवा जस्ता लामो दुरीमा यात्रा तय गरेको छु ७२ जिल्लाको माटो छोएको छु। त्यसको बाबजुद म पकाउन सोख राख्छु। कहिले काँही ढिडो कहिले काँही गाजर अनि लौकाको हलुवा लगायत उमारेका गेडागुडीको चटपटे पनि बनाउछु ,गित सुन्ने रुची छ। यसरि म खालि नै हुन्न र अरु लाइ पनि खालि नबस्नुस भन्ने सुझाब दिन्छु। दिनमा व्यस्त रहने रातमा मस्त सुत्ने बानि बनाउनु पर्छ।

सर्बज्ञ : ७ ) तपाईलाई गित र कविता कुन मन पर्छ ? तपाईले गित पनि लेख्नु भएको छ ? कति वटा ?

शेखर : गाह्रो प्रशं होइन र यो ?दुवै विधा मेरो सौख र चासोका हुन् नि ?धेरै शब्द चयन भए कबिता र त्यसै लाइ थोरै शब्द चयनमा लयबद्ध गरि भाव व्यक्त गर्दा गित बन्ने होइन र ?दुवै विधा मन पर्छ। सानै देखि गित सुन्ने र कबिता गित लेख्ज्ने गर्थे। पहिलो पुस्तक नै कबिता संग्रह (शेखरका सय कबिता )हो। “माटोको सुगन्ध “गीति संग्रह ” सन् २०१७ मा प्रकाशित भएको हो। सन् २००६ ,२००७ र २०१३ मा क्रमस आकांक्षा ,सम्झना र कुनै दिन गीति एल्बम प्रकाशित भएका छन् र अन्य धेरै फुटकर गित रिकर्ड भएका छन्। भुटानी नेपाली चलचित्रमा दुइ गित छन् KATHAMANDAU भन्ने चलचित्रमा मेरा तिन गित छन्। कंहा बित्छ र जिन्दगि त्यति सहजै,,,,,गीतको शब्द रहेको गीतको श्रब्य दृश्य भिडियोमा आफै अभिनय गरेको छु

सर्बज्ञ : ८ ) तपाईले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ ? र अहिले के लेख्दै हुनु हुन्छ ?

शेखर : बिबिध विधा जस्तै कथा संग्रह (क्षितिजपारिकासपना र जात ) कबिता संग्रह ,गीति संग्रह ,यात्रा स्मरण र सचेतनाको लागि गरेर ७ वटा प्रकाशित भैसके भने माथि उल्लेख गरेझै अन्य तिन प्रकाशनको तयारीमा छन्

सर्बज्ञ : ९ ) कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?

शेखर : म सबै विधा मन पराउछु र खोजेर पढ्छु। जसरि एउटा चलचित्रले कुनै न कुनै कोणमा एउटा शिक्षा वा शन्देश दिन खोजेको हुन्छ त्यस्तै जो सुकैले लेखेको हरेक विधाले केहि न केहि शन्देश वा फरक अनुभूति लाइ पोख्न खोजेको हुन्छ। तसर्थ मेरो प्राथमिकतामा यो र त्यो भन्ने छैन उपलब्ध सबै मन पर्छ।

सर्बज्ञ : १०) साहित्य र दर्शनमा कुन मन पराउनु हुन्छ ?

शेखर : हेहेहे यो त् साग दाल भात अचार मध्य एक कुन मन पराउनु हुन्छ भने जस्तो भयो त् ?साहित्य र अध्यात्म दालभात जस्तै हो जसको बिकल्प छैन तर यी दुवै बिषय पनि “रोजी खाने र खोजि खाने “अबस्थाको चित्रण जस्तै हुन्छ। अर्थात यी दुवै बिषयको पहुचमा सबै पुग्न असमर्थ मानबिय पक्ष पनि छ। र पनि के भन्छु भने साहित्य घटना परिघटना अबस्था र अनुभूतिको आधारमा सिमित भएर सिर्जना हो भने अध्यात्म वा अध्यात्मिक भित्रको “बिज”ले दिनकी लाइ उर्जा मात्र होइन जीवन लाइ सकारात्मक मार्गमा डोर्याउने गर्छ। अध्यात्मिक मनको व्यवहार साहित्यिक सिर्जना भन्दा बहुमुल्य हुन्छ। साहित्यिक सिर्जना कर्म हो भने अध्यात्म जीवनको रस हो। साहित्यकर्मी एउटा शिक्षित र चेतनसिल जो सुकै जुन सुकै विधामा हुन् सक्छ भने अध्यात्म (आत्मबोध )सामान्य मानिसको पहुँचमा हुँदैन। अध्यात्म जीवन झरना झैँ नदि हुँदै समुन्द्र सम्मको बिबिध मार्ग र संघर्षको ले मात्र प्राप्त हुन्छ। मानब जीवन चराचर र जगत ,जन्मको अर्थ र मृत्युको बोध संगको बार्तालाप मार्फत बहुत थोरै मानिसमा अध्यात्म वा अध्यात्मिक वा धार्मिकता वा मानवताको मर्म र तदनुरूप ब्यबहारमा उतार्न सफल हुन्छन। अध्यात्मिक मन र ब्यबहार बिना जीवन अपूर्ण हुन्छ। कुनै व्यक्तित्व पद पैसा र शक्तिको पहुचमा वा उच्चतहमा किन नहोस “लालच “को घडामा अलिकति पानि भर्ने सुत्र अध्यात्मिक मन हो। तसर्थ साहित्य मन पर्छ अध्यात्म लोभ लाग्छ। मानिस जो यो भौतिक संसारको सबै सुबिधा भोग गर्न सफल हुन् सक्छ सुखी रहन सक्छ तर खुसि रहन सक्दैन त्यो खुसि र आनन्दको सुत्र अध्यात्मिक मन वा अध्यात्मिक ज्ञान प्राप्ति बाट सम्भव हुन्छ। मेरो आज सम्मको अनुभबमा धेरै मानिस जीवनको उत्तरार्धमा प्रवेस गरे पछि मात्र जीवनको खोजि (तलास )गर्दै गरेको देख्छु।ढिला प्राप्त ज्ञान र समय सक्किएको औषधि एक्कै हो जसको कुनै अर्थ रहदैन। आर्थिक दुरावस्थाले पनि साहित्यिक सृजनामा मलजल गर्न सक्छ तर अध्यात्मिक मन निर्माण गर्न सक्दैन तर जसले यो बिस्वको भौतिक सुख सुबिधा र आनन्द त्याग्ने कठोर निर्णय गर्ने क्षमता राख्छ उसले भने अध्यात्मिक जीवन बाच्ने गर्छन जस्तै पछिल्लो उदाहरण राजपरिवारमा जन्मिएर पनि जोगी बनेका पाइलट बाबा ,खप्तड बाबा आदि ।

सर्बज्ञ : ११ ) अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

शेखर : अन्तमा भन्नु पर्दा “सृष्टि कर्ता ले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि को रुपमा बनाएको हुन् .तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइ को परिचय बिना फाइदा बेफाइदा को हिसाब ,बिना सुबिधा असुबिधा को बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोग को हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो ” बुद्ध जन्मेका देशका हामि भाग्यमानी नेपाली जो जहाँ जे कारणले जस्तो अबस्थामा छौ मौका मिल्दा सहयोगी र सकारात्मक सोच लाइ ब्यबहारमा कार्यन्वयन गरौ। आफ्नो स्वार्थ प्रतिकुल भयो भनेर अर्को लाइ दोष दिने अर्को प्रति गुनासो गर्ने र आफु लाइ अरु दाज्ने काम आजै बाट छोडौ। प्रत्यक अर्को भन्दा फरक हौ सोच र सम्वृद्धि फरक छ जे छ जति छ त्यसमै सन्तोष हुन् र रमाउने सकारात्मक सोच लाइ प्राथमिकतामा राखौ ।

धन्यबाद

प्रतिक्रिया