अमेरिकी राष्ट्रपति जो बाइडेनले अष्ट्रेलिया र बेलायतसँग आणविक शक्तिबाट चल्ने पनडुब्बीहरूको जहाजी सेना निर्माण गर्न प्रमुख सम्झौताको घोषणा गरेका छन् । जसले प्रशान्त क्षेत्रमा चिनियाँ नौसैनिक सेनाहरूको आक्रमणको सामना गर्न मद्दत गर्दछ भनि युपीआईले समाचारमा उल्लेख गरेको छ ।
राष्ट्रपति बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार नौसेना सैन्य संचालन केन्द्र क्यालिफोर्नियाको सान डिएगोमा तीनै जनाबीच भेटवार्ता गरेपछि उक्त सम्झौता सार्वजनिक भएको हो ।
आज, हामी इतिहासको परिवर्तन बिन्दुमा उभिरहेका छौं, जहाँ प्रतिरोध बढाउने र स्थायित्व प्रवर्द्धन गर्ने कडा परिश्रमले शान्तिको सम्भावनालाई असर गर्नेछ, बाइडेनले भने।
“यो नयाँ साझेदारीको स्थापना गर्दै, हामी कसरी लोकतन्त्रले हाम्रो आफ्नै सुरक्षा र समृद्धि प्रदान गर्न सक्छ भनेर फेरि देखाउँदैछौं। र ,हाम्रो लागि मात्र होइन, यो सम्पूर्ण विश्वको लागि।” उनले अगाडी भने ।
रुसी युद्ध र चीनको प्रतिस्पर्धामा बेलायतले रक्षा क्षेत्रमा ६ अर्ब डलर लगानी गरेको छ ।
एयुकेयुएस त्रिपक्षीय रणनीतिक साझेदारी सन् २०२१ मा दक्षिणपूर्वी एसियामा बढ्दो चिनियाँ सैन्य उत्तेजकताको प्रतिक्रिया स्वरूप गठन भएको थियो।
स्यान डिएगोमा सोमबारको बैठकले पानीमुनि आक्रमण गर्ने जहाजहरूको आर्मडा निर्माण गर्ने योजनामा नेटो सहयोगीहरूको तीन वटा राष्ट्रहरुको समूहले प्रथम कदम चालेका छन् ।
“हामी सँगै मिलेर एसएसएन -एयुकेयुएस बेलायतको अर्को पुस्ताको ढाँचामा आधारित त्रिपक्षीय रूपमा विकसित पनडुब्बी प्रदान गर्नेछौं जसले अत्याधुनिक अमेरिकी पनडुब्बी प्रविधिहरू सहित सबै तीन राष्ट्रहरूको प्रविधि समावेश गर्दछ,” ह्वाइट हाउसले संयुक्त रुपमा एक वक्तव्य जारी गर्दै उक्त कुरा उल्लेख गरेको छ ।
“अष्ट्रेलिया र बेलातयले एसएसएन -एयुकेयुए लाई भविष्यको आफ्नो पनडुब्बीको रूपमा सञ्चालन गर्नेछन्। अष्ट्रेलिया र बेलायतले यस दशक भित्र आफ्नो घरेलु एसएसएन -एयुकेयुएस पोत कारखानाहरूमा निर्माण गर्न काम सुरु गर्नेछन्।”
ह्वाइट हाउसका अनुसार यस वर्ष अमेरिका र बेलायती पनडुब्बी औद्योगिक आधारहरूमा अमेरिकी नौसेना र शाही नौसेनासँग अष्ट्रेलियाली सैन्य प्रशिक्षणका सदस्यहरूबाट सुरु हुँदै आणविक शक्तियुक्त जहाजी सेनाको विकास चरणबद्ध रूपमा गरिनेछ।
प्रतिक्रिया