न्यूयोर्क ब्रुकलिनका एक मानिसलाई २००४ मा हत्याको आरोपमा १८ वर्ष थुने पछि निर्दोष पाईए पछि रिहा

इनेप्लिज २०७९ फागुन २६ गते ११:५६ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क शहरको ब्रुकलिनका एक मानिसलाई २००४ मा हत्याको आरोपमा १८ वर्ष थुने पछि निर्दोष पाईए पछि रिहा गरिएको छ । एबिसीन्यूजका अनुसार एकै क्षेत्रमा एउटै नामको व्यक्ति भएकोले उनलाई पक्राउ गरि झन्डै २ दशक कारागारमा राखिएको थियो ।

शेल्डन थोमसलाई सन् २००४ मा १४ वर्षीय एन्डरसन बर्सीलाई गोली हानेर हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उनले हत्या नगरेको भएता पनि एक भ्रामक तस्बिरको कारणले एक व्यक्तिलाई १८ वर्ष भन्दा बढीको लागि उनलाई कैद गरियो ।

बिहीबार, एक न्यायाधीशले अभियोग खारेज गरेपछि उनी रिहा भए।

३५ बर्षिय शेल्डन थोमस ब्रुकलिनको पूर्वी फ्ल्याटबस छिमेकमा २००४ को हत्याको दोषी ठहरिएको थियो। उसलाई एउटै क्षेत्रमा बस्ने एउटै नामको फरक व्यक्तिको साक्षी पहिचानको आधारमा पक्राउ गरिएको थियो ।

बिहीबारको सुनुवाईको क्रममा दोषीलाई रिहा गर्ने न्यायाधीशको निर्णयले अदालतमा ताली बजेको थियो भने थोमसले मैले लामो समय प्रतिक्षा गरेको छु भन्दै न्यायाधिशलाई धन्यवाद दिए ।

वास्तविक मानिसह अझै त्यहाँ फरार छन् ।

प्रतिक्रिया