न्याकले मार्च १९ र मार्च २५ दुई वटा कार्यक्रम गर्दै

इनेप्लिज २०७९ फागुन २६ गते २:३१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा स्थापित नेपाली अमेरिकन सामूदायिक केन्द्र(न्याक)ले आगामी मार्च १९ र मार्च २५ का दिन दुई वटा कार्यक्रम गर्ने भएको छ ।

आयोजकले ईनेप्लिजलाई बताए अनुसार मार्च १९ आइतबारका दिन ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस र बुवाआमा भेटघाट तथा प्याम्पर डे (अर्थात् धेरै माया गर्नु )मनाउने भएको छ ।

उक्त दिन बुवाआमालाई कपाल काट्ने ,आँखी भुई(धागो करण ),छालाको हेरचाह ,रक्तचाप जाँच लगायत गरिने छ । यो सेवा बुवाआमाको लागी निशुल्क हुनेछ भने तर उमेर ६० बर्ष भन्दा माथिको हुनु पर्नेछ ।

कार्यक्रम मनाससमा हुने छ भने यसै समाचारमा राखिएको ध्वजा (ब्यानर )मा बिबरण दिइएको छ । र ,यहाँहरुले सम्पर्क समेत गर्न सक्नु हुनेछ । यसको लागि सुनिता खत्री ,गोमा संग्रौला र बिना खड्का लामा संग सम्पर्क गर्न सकिने छ ।

यसैगरि आगामी मार्च २५ शनिबारका दिन न्याक कै आफ्नै भंवन मनासस स्थित परिसरमा होली समेत मनाई भएको छ । होली दिउसो १२-५ बजे साँझ सम्म खेलिने छ । होली सम्बन्धि बिना खड्कालामा संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया