ओहायो राज्यका पूर्व सभामुख ६ करोड डलरको घुस काण्डमा दोषी ठहर

इनेप्लिज २०७९ फागुन २६ गते १:५२ मा प्रकाशित

ओहायो राज्यका तल्लो सदनका पूर्व सभामुख ६ करोड डलरको घुस काण्डमा दोषी ठहर भएका छन् ।

पूर्व ओहायो राज्यका सभामुख (स्टेट हाउस स्पीकर )ल्यारी हाउसहोल्डर र ओहायो रिपब्लिकन दलका पूर्व अध्यक्ष म्याट बोर्गेसलाई बिहीबार ६० मिलियन डलरको घूस योजनामा दोषी ठहराइएको छ । जसलाई संघीय अभियोजकहरूले ओहायो राज्यको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा भनेका छन्।

सिनसिनाटीको एक निर्णायक मण्डलले दुई दिनमा करिब ९.५ आधा घण्टाको छलफल पछि, घुसखोरी र मुद्रा शोधन( मनी लान्ड्रिङ)ठगी उद्यममा सहभागी हुन् षड्यन्त्र गरेकोमा दोषी पाएका छन् ।

अभियोजकहरूले हाउसहोल्डरलाई विधायिकामा आफ्नो शक्ति सुरक्षित गर्न, आफ्ना सहयोगीहरू चयन गर्न र त्यसपछि विद्युत उपयोगितालाई फाइदा पुर्‍याउने १ अर्ब डलर (१ बिलियन ) को आणविक उर्जा कारखानाको जमानत पारित गर्न र रक्षा गर्न एक्रोन फर्स्ट एनर्जी कर्पोरेशन नामक उर्जा सँस्थाले गोप्य रूपमा वित्त पोषित (घुस )योजना बनाएको आरोप लगाएका थिए ।

६३ बर्षिय हाउसहोल्डर ओहायोका सबैभन्दा शक्तिशाली राजनीतिज्ञहरू मध्ये एक हुन् । उनि दुई पटक सभामुखमा निर्वाचित भएका थिए । रिपब्लिकन-नियन्त्रित सदनले उनलाई उनको नेतृत्वको पदबाट अभियोग लगाए र त्यसपछि द्विदलीय मतदानमा उनले कडा आपत्ति जनाएका थिए ।

यो १५० वर्षमा पहिलो पटक यस्तो निष्कासन थियो। ५० वर्षीय बोर्गेसले मुद्दामा बयान दिएनन् तर आफू निर्दोष भएको दाबी गरेका छन्। दुवै जनालाई २० वर्षसम्म कारागार सजाय हुनेछ भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया